Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सभाषद निर्वाचन क्षेत्रमा व्यस्त

बुटवल । विहिवार मात्र गृह नगर बुटवल आएका एमाले नेता तथा रुपन्देही क्षेत्र नं ४ बाट निर्वाचित सभासद् बिष्णुप्रसाद पौडेल छलपल भेटघाटमा व्यस्त रहेका छन ।  जिल्लामा संचालित बिकास योजना तथा जनताले सरकारी कार्यालयबाट लिने सेवाका बिषयमा बुझ्न पौडेलले बिभिन्न निकायसँग छलफल प्रारम्भ गरेका हुन ।रुपन्देही जिल्लामा संचालित ठुला–साना बिकास योजनाका सन्दर्भमा सरोकारवाला निकायसंग नेता पौडलले छलफल शुरु गरेका हुन  । 
उनले शुक्रवार  बुटवलमा जिल्लाका बिभिन्न सरकारी कार्यालका प्रमुखहरुसंग जिल्लामा संचालित प्रमुख योजना, ति योजनाको बजेट ब्यवस्थापन र कार्यान्वनका बिषयमा छलफल गरे । 
सभासद पौडेलले आर्थिक बर्ष ०७१।०७२ मा बुटवलमा परेका योजना र बजेटका बिषयमा बिकास आयोजनासंग सम्वन्धित कार्यालयका प्रमुखहरुसंग र जनतालाई सेवा प्रदान गर्ने सेवा प्रदायक सरकारी कार्यालयका प्रमुखसंगको छलफलमा सहभागीहरुले जनप्रतिनिधिले यसरी जनस्तरमा पुगेर छलफल गर्दा प्रभावकारी हुने बताएका थिए । 
  सभासद्  पौडेलले जिल्लाका कुनैपनि योजना सम्पन्न गर्नका लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता ब्यक्त गर्दै बजेट कितावमा परेका योजना सम्पन्न गर्न सरोकारवाला कार्यालय लाई आग्रह गरे ।
नेता पौडेलले आफुले कहिलै पनि बजेटलाई मुख्य नठानेको तर, योजना सुरुवात गर्नु प्रमुख ठानेको बताउदै योजनालाई बजेट ब्यवस्थापन गर्नु आफ्नो मुख्य दायीत्व भएको प्रष्ट पारे । 
उनले  बुटवल–भैरहवा ६ लेन सडक निर्माण, सैनामैना चक्रपथ निर्माण, बुटवल १४–१५ चक्रपथ निर्माण, बुटवल नगर क्षेत्रमा निर्माणधिन ६ लेन सडक र आकासे पुल निर्माण, बुटवल–बेथरी सडक, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, बुटवल–भैरहवा माइक्रो सिटी निर्माण, अंचल अस्पतालको स्तरोउन्नति, बुटवलमा बाइपास रोड, सिद्धवावा सडक, बुटवल–नुवाकोट–झुंम्सा सडक जस्ता योजनालाई प्रभावकारी ढंगले सम्पन्न गर्न प्रतिवद्ध रहेको बताए ।

0 comments

तपाईंको प्रतिकृया