Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सहमती वाहिर नवोल्नुस : रिजाल

बुटवल ।  नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले बर्तमान सरकार संविधान निमार्ण गर्ने सर्तमा एमाले र कांगे्रसवीचको सहमतिमा बनेको हुदा त्यसको उद्देश्य विपरित नवोल्न आग्रह गरेका छन ।
 मन्त्री रिजालले सरकारको प्राथमिकता र लक्ष्य माघ ७ गतेसम्म संविधान तयार गर्न सहज बाताबरण तयार गर्ने भएको हुदा त्यसमा सत्ता साझेदार दलहरु त्यसमा प्रतिवद्ध हुनु पर्ने बताए ।
बुद्ध सामुदायीक टेलिभिजनको सातौ बार्षिकोत्सवको साता व्यापी कार्यक्रमको समापन तथा सम्मान कार्यक्रममा मन्त्री डा. रिजालले सत्ता सञ्चालनमा केही असहज देखा परेको बताउदै  सत्ता साझेदार दलहरुवीच आफसमा कुइना हानाहान गर्नु राम्रो नभएको बताए । उनले  एमालेका केही नेताहरुबाट बढी कुइना हान्ने गरेको आरोप लगाउदै त्यसले शान्ती प्रक्रियालाई गलत दिशामा लैजाने बताए । 
यनले  अहिले सत्तामा रहेका दुवै दलले छुट्टाछुटै सरकार बनाउन सक्ने अवस्था भएपनि अहिले त्यसो गर्दा शान्ति प्रक्रिया र संविधान बनाउने कुरा ओझेलमा पर्ने भएका कारण एक ठाउमा रहेको बताए  ।
मन्त्री रिजालले सरकारले सञ्चार क्षेत्रमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने तथा त्यस प्रकारको गतिविधिलाई प्रोत्साहान पनि नगर्ने बताउदै सरकारले सञ्चार माध्यमहरुको सहज सञ्चालनको बातावरण बनाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्र्यक्रममा कांग्रेस नेता बालकृष्ण खँडले लोकतान्त्रीक मुल्य मान्यता स्विकार गर्न नसक्नेले प्रेस स्वतन्त्रतालाई नस्विकार्ने दाबी गरे  । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संविधानमा लोकतन्त्रका आधारभुत सिद्धान्त सुनिश्चित गर्न सकेमा सञ्चारमाध्यम स्वतन्त्र हुने उल्लेख गरे ।
 सभासद तथा कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले लोकतान्त्रीक संविधान निर्माण गर्ने मुख्य दायीत्व कांग्रेसको काँधमा आएको बताए । पूर्व विद्यायक सूर्यप्रसाद प्रधानले मुलुक र समाज परिवर्तनको लागि सञ्चारमाध्यको महत्वपुर्ण भुमीका हुने बताए । सो अवसरमा मन्त्री रिजालले मोफसलमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका स्वतन्त्रता सेनानी पं. बाबुराम भट्टराई, जनगायक रक्तिम सांस्कृतिक परिवारका अध्यक्ष जीवन शर्मा र मानवअधिकारकमी गोविन्द खनाललाई दोसल्ला आढाएर सम्मान गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया