कर्मचारी काम भन्दा टेन्डरमा व्यस्त
कमल रायमाझी
भैरहवा।
भैरहवा।
नगरको पुरानो र सुबिधा सम्पन्न सरकारी सभागृह गणतान्त्रिक सभागृह सिद्धार्थनगरका कार्यकारी प्रमुखले २० बर्षे लिजमा दिए पछि बिवादमा आएको छ ।
नगरमा जनताको कारिन्दा भएर आएका कार्यकारि प्रमुख टिका दत्त राईले बैकको कालोसुचिमा परेका व्यक्तिको श्रीमतीको नाममा २० बर्षे लिजमा दिए पछि कर्मचारीले २० बर्ष सम्म सरकारी सम्पती लिजमा दिन नमिल्ने भन्दै यहाका स्थानिय राजनिकि दल तथा व्यापारीले बिरोध गरेका छन् ।
कर्मचारीले जनताको काम मा तल्लीन हुने बेलामा राईले सरकारी नियमको उल्लघन गर्दै २०,२० बर्ष सम्म सरकारी सम्पती अरुलाई हस्तान्तरण गर्नु गलत भएको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीका निर्बतमान अध्यक्ष मनिष कुमार जोशी बताउछन ।
कर्मचारी टेन्डरको चक्करमा लागे पछि बिगतमा जननिर्बाचित प्रतिनिधिले झै काम गर्न थाल्नु गलत भएको नेकपा–माओबादीका स्थानिय नेता टिपु सुल्तानले बताए । पञ्चायती ब्यवस्था देखी नगरपालीकाको संरक्षणमा र रेखदेखका रहेको सभागृह लामो समय सम्मका लागी अरुको जिम्मा लगाउनु गलत भएको यहाका नेपाली काग्रेश,एमाले लगाएका मधेशबादीदल ले समेत बिरोध गरेका छन् ।
कार्यप्रमुख राईले बैकले कालोसुचिमा राखेका चन्द्रमोहन पटुवा लाई श्रीमती निलमदेबि पटुवाको नाम पारेर चन्द्रमोहनलाई नै २० बर्ष सम्म लिजमा दिएका छन् । नगरबासीको सम्पतीको रुपमा रहेको सभागृह अहिले व्यक्तिले आफुखुसी प्रयोग गरिरहेको देखिन्छ । राई सिद्धार्थनगरको कार्यकारि प्रमुख भएर आए पछि यहाका अधिकासं क्षेत्र सिद्धार्थ बालउद्यान,बसपार्क,पार्कीङ क्षेत्र र नगरपालीका क्षेत्र भित्र ढाट उठाउने टेन्डर सम्म गरेका छन् । नगरप्रमुख टिकादत्त राई भने नगरपालिकाको नियम र परिधि भित्र रहेर टेन्डर गरिएको दाबि गर्दछन् ।

0 comments
तपाईंको प्रतिकृया