Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कोरियाको लागी फारम भर्न रातीदेखी नै युवाहरुको घुईचो

वुटवल । बुटवल ९ दिपनगरका रामप्रसाद भण्डारी  विहान ९ वजेदेखी लाईनमा वसेर दिउसो ३ वजे मात्र दक्षिण कोरिया रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा परिक्षाको लागी आवेदन फारम भरे ।
वुटवल मै पनि फारम भर्ने व्यवस्था मिलाएपनि पहिलो लटमा परिन्छ भनरे उनि अघिल्लो दिन नै काठमाडौ हानिएका थिए । ‘पहिलो लटमा परिन्छ भने बुटवलवाट काठमाडौ आएको हो ।’ उनले भने– ‘ पहिलो लट मै कोरिया जान पाईने हल्लाले वुटवलबाट भरिएन  काठमाडौं गएको हो ।’ उनि मात्र होईनन वुटवलवाट फारम भर्न सयौको  संख्यामा युवाहरु काठमाडौ हानिएका थिए  ।   उनिहरु विहानैदेखी लाईन लागेर दिउसो अवेर मात्र फारम भर्न सफल भएका थिए ।
वर्षादको वावजुद वुटवल मण्डपमा फारम भर्न राती देखी नै युवाहरु लाईन लागेका थिए । राति १२ वजेदी लाइन लागेका वुटवल –१५ वेलवासका शान्तराम गिरीले दिउसो १ वजे मात्र फारम भर्न पाएको बताए  । ‘अघिल्लो वर्ष जस्तै भिड थियो ।’ उनले भने–तर अलि व्यवस्थति थियो ।’ उनले अघिल्लो वर्ष भाषा परिक्षा उर्तिण गर्न नसक्दा कोरियाको सपना पुरा नभएको बताए  । अहिले फारम भरियो हेरौ के हुन्छ ? अहिले धेरै मेहनेत गरेको छु उर्तिण हुन्छु भन्ने लागेको छ । ’ वुटवल मण्डपमा फरम भर्ने व्यवस्था गरिएको थियो राती देखी परेको पानीले लाईनमा लागेका युवाहरुलाई समस्या थपिदिएको थियो । तर युवाहरु कोरियाको सपनाले वर्षाको पानीलाई वेवास्ता गरे रातभर लाईन लागेर बसे ।
रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरिया जान चाहने कामदारका लागि बुधबार देखि परिक्षको आवेदन फारम वितरण गरिएको हो ।  विहिवार पनि फारम भर्न उत्तिकै घुईचो लागेको  छ । ईपीएसको फारम बुटवल,काठमाडौं,पोखरा र डडेल्धुराबाट वितरण गरिएको छ । साउन ३१ गतेसम्म वितरण हुने नेपाल कोरिया विकास परिषद का अध्यक्ष गम्भीर गुरुङले जानकारी दिए । 
भाषा परीक्षा असोजको १० र ११ गते काठमाडौंमा हुने छ । विगत वर्षहरुमा कोरियाले कामदारको संख्या तोकेपनि परीक्षा उत्तिर्ण गर्ने सबैलाई लैजान नसकेपछि यसपटक संख्या गोप्य राखेको छ । गत वर्ष नेपालबाट ४७ हजार ९सय २८ जनाले फारम भरेका थिए । बुटवलबाट मात्रै ८ हजार ७ सय ३७ जनाले फारम भरेका थिए ।  वेरोजगारी समस्याले पिरोलीएका नेपाली युवाहरु विदेशीनेको संख्या उच्च रहेको छ । कोरिया नेपालीहरुको रोगजारीको आकर्षक गन्तव्य मुलुक भएकोले त्यहा जान चाहने  युवाहरुको संख्या वढी रहेकाले फारम भर्ने युवाहरुको घुईचो लागेको हो ।

0 comments

तपाईंको प्रतिकृया