Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘नयाँ संविधान नवन्दा सम्म एकता अनिवार्य’

काठमाडौं । एकीकृत नेकपा माओवादीको संस्थापन पक्षले नयाँ संविधान नबनेसम्म पार्टी एकता अनिवार्य भएको निष्कर्ष निकालेको छ ।
 डा बाबुराम भट्टराई पक्षसँगको लामो छलफलपछि बुधबार बसेको एमाओवादी स्थायी समिति बैठकले पार्टी एकताका लागि अधिकतम पहल गर्ने निर्णय गरेको छ । भट्टराई पक्षले पनि संविधान नबनेसम्म नरम हुने नीति लिएको छ ।
बुधबारको बैठकले बैचारिक बहस व्यवस्थापन समितिमा भएको छलफल सकारात्मक भएको निष्कर्ष समेत निकालेको छ । आफ्नै निवास लाजिम्पाटमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवाद व्यवस्थापन समितिमा भएको छलफलबारे ब्रिफिङ गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका छन् ।
बैठकमा स्थायी समिति सदस्यहरुले पनि फुटले पार्टीलाई राम्रो नगर्ने भन्दै नेता डा। बाबुराम भट्टराई पक्षसँग मिलेर जानुपर्नेमा जोड दिएको एमाओवादी श्रोतको भनाई छ । स्थायी समितिको बैठकले सहमतिकै आधारमा रोकिएका प्रशिक्षण कार्यक्रम अघि बढाउने र संघीयतासम्वन्धी कार्यशाला गोष्ठी भने तोकिएकै समयमा नै गर्ने निर्णय भएको छ । एमाओवादीले भदौको दोस्रो साता राजधानीमा संघीयतासम्बन्धी दिने कार्यशाला गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

0 comments

तपाईंको प्रतिकृया