Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पटौटि रुपन्देही सम्पर्क समाजद्धारा तिजमिलन

बुटवल । अर्घाखाची पटौटि रुपन्देही सम्पर्क समाजले सनिवार वुटवलमा तिजमिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
 समाजका अध्यक्ष यादव घिमिरेको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथी  पुर्व जिल्ला विकास समितीका सभापति इन्द्रमणि घिमिरले चाडपर्वले भावनात्मक सम्वन्धको विकास गराउने वताउदै तिजमिलन कार्यक्रम राखेर पटौटिवासीलाई संगठित गराएकोमा समाजलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा समाजका संरक्षक रुक्मागत घिमिरे, पुर्व गाविस अध्यक्ष  नारायणहरी  घिमिरे, उपाध्यक्ष इश्वरी पोख्रेल, अर्जुन घिमिरे, इन्द्रवहादुर जीसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समाजको उपाध्यक्ष सरिता वेल्वासेको स्वागत तथा सचिव धर्मराज घिमिरेको संचालनमा भएको कार्यक्रममा सह–सचिव विनोद घिमिरे समाजको प्रगतिप्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा कार्यक्रममा अर्घाखाचीको पटौटिवाट विभिन्न कामको सिलसिलामा तथा वसाई सरेर रुपन्देही वसोवार गर्ने १ सय ५० भन्दा वढिको सहभागिता रहेको कार्यक्रम संयोजक शिव घिमिरेले जानकारी दिए । सहभागी चेलीहरुले तिजगित गाएर रमाईलो गरेका । समाजले यस अघि समाजलाई योगदान गर्ने युवा व्यवसायी जीवन परियार लगायतलाई सम्मान गरेको थियो ।

0 comments

तपाईंको प्रतिकृया