Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
हात्तीसँसुढ समितिको साधारणसभा

बुटवल । हात्तीसुढ बस्ती विकास समिति बुटवल–१३ देवीनगरको  चौथो साधारण सभा सम्पन्न गरेको छ । सभाले प्रस्तुते आय–व्यय पारित गरेको छ । सोमबार बुटवल–१३ हात्तीसूँर्ण बस्तीमा  समितिको साधारणसभा सम्पन्न भएको थियो ।
 बस्ती विकास समितिका अध्यक्ष भीमसेन श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा ३ लाख ९४ हजार  ६ सय ९९ रुपैया आम्दानी भएको र ७ लाख ८७ हजार ६ सय ८२ रुपैया खर्च भएको विवरण प्रस्तुत गरिएको थियो  ।  अध्यक्ष श्रेष्ठले बस्तीको विभिन्न भौतिक पूर्वाधार निर्माणको लागि अहिले  ऋण लिएर काम चलाईरहेको जानकारी दिएका थिए ।  कार्यक्रममा स्थानिय नन्दलाल बुढामगर, गंगा बुढामगर र तारा बहादुर केसीले बोल्दै अहिले बस्ती अत्यन्त जोखिममा रहेको भन्दै बर्सातको करिव ३ महिना आधा रात मात्र आफुहर सुत्ने गरेको बताएका थिए ।   उनीहरुले बस्तीमा पहिलाको तुलनामा धेरै विकास भएको भन्दै अझ बस्तीमा निकास सहितको  विकास आवश्यक रहेको बताएका थिए । समितीले अहिले स्थानिय स्तर देखि केन्द्र सम्म पहल गरेकै कारण देवीनगरमा पक्की पुल बन्ने पक्का भएको जनाएको छ । अध्यक्ष श्रेष्ठले बस्ती विकासको लागि आफुले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्वता जनाएका छन । कार्यक्रमको संचालन जुद्व बहादुर विकले गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया