Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
वावुराम भट्टराईले चाहेर पनि पाटी फुट्दैन :वलदेव

बुटवल । एमाओवादीका स्थायी समिती सदस्य चन्द्रप्रकाश खनाल वलदेवले नेता डा वावुराम भट्टराईले चाहेर पनि पाटी नफुट्ने दावी गरेक छन ।
उनले पार्टीमा डा वावुराम भट्टराइ फरक विचारको विषयमा कयौ वर्षदेखी छलफल जारी रहेका बताउदै छलफलवाटै पार्टीलाई एक ढिक्का वनाएर लैजाने बताए । उनले भने– वैद्यजिहरुलाई अहिले लागेको छ किन पार्र्टी फुटाईछ उहाहरु पार्टीएकता गर्न मनस्थितीमा पुग्नु भएको छ ।  डा वावुराम भट्टराईहरुले पार्टी फुटाउन चाहनु भएको छैन वाहिर त्यस्तो देखिएको मात्र हो ।’ उनले पार्टीलाई विघटन गरेर विशेष महाधिवेशन जान तयार रहे जुटाउने आधार नभएसम्म विघन गर्न नहुने बताए । एमाओवादी जिल्ला सम्मेलनको क्रममा असन्तुष्ट रहेकाहरुले वुधवार वुटवलमा गरेको अन्तरक्रिया तथा प्रशिक्षणमा नेता खनालले  डा .भट्टराईले पार्टी फुटाएर जाने ठाउ नभएको बताए । ‘पाटी फुटाउनु भनेको आफै पनि सिद्धिनु हो । उनले भने– आफै सिद्धिने काम उहाले गर्नुहुन्न ।’

पोलिटव्युरो सदस्य डिलाराम आचार्यले पार्टीलाई एक ढिक्का वनाएर लैजान कार्याकर्ताको पनि भुमिका हुने बताउदै महाधवेशनमा एकमतले पारित भएर आएरको दस्तावेज अनुसार पार्टी चल्लनु पर्ने बताए । कार्यक्रममा सल्लाहकार विनोद उपाध्याय, उमेस खनाल लगायतले वोलेका थिए ।

0 comments

तपाईंको प्रतिकृया