मोदी स्वदेश फर्किए
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण पूरा गरी सोमवार स्वदेश फर्किएका छन् । मोदी विशेष विमानबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । मोदीलाई विदाइ गर्न प्रधानमन्त्री सुशील कोइराला स्वयंम त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । उनीसँगै सभामुख सुवास नेम्वाङसहित सरकारका मन्त्रीहरु समेत पुगेका थिए ।
भारतीय प्रधानमन्त्रीको १७ वर्षपछि नेपाल भ्रमण थियो । नेपाल बसाइका क्रममा मोदीले राष्ट्रपति, प्रधानमन्त्रीसँगै प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् ।
भारतीय प्रधानमन्त्रीको १७ वर्षपछि नेपाल भ्रमण थियो । नेपाल बसाइका क्रममा मोदीले राष्ट्रपति, प्रधानमन्त्रीसँगै प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् ।

0 comments
तपाईंको प्रतिकृया