Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘नवआलोक’हरुका कारण पार्टीमा विवादः बाबुराम

काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता डा।बाबुराम भट्टराईले पार्टीभित्रको अन्तरसंघर्षमा ‘नवआलोक’हरुले नकारात्मक भुमिका खेलेको बताएका छन । 
समानान्तर समिति गठन गरेको आरोपमा भट्टराई पक्षका नेताद्धय गंगानारायण श्रेष्ठ र रामरिझन यादवलाई निलम्बन गरेपछि एमाओवादीको विवाद उत्कर्षमा पुगेको छ ।
भट्टराईले ट्वीट गर्दै यस पटक पनि त्यस्तै झल्को देखिन थालेको हो त भनि प्रश्न गरेका हुन । नेता भट्टराईले पार्टीभित्रको विवादबारे शुक्रबार अबेर पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा विवादलाई सकारात्मक तवरले हल गर्ने र समानान्तर समिति गठन भएका जिल्लामा छुट्टै संरचना बनाउने सहमति भएको छ ।
संस्थापन पक्षले पेलेको भन्दै भट्टराई पक्षले मकवानपुर, सिन्धुली, धनुषा, बैतडीलगायतका जिल्लामा समानान्तर समिति गठन गरेको थियो ।

0 comments

तपाईंको प्रतिकृया