सहमति जुटाउन कसरत
काठमाडौं । उच्चस्तरीय राजनीतिक समिति गठनका विषयमा छलफल गर्न प्रमुख तीन दलका नेताहरु छलफलमा जुटेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भइरहेको छलफलमा अहिले समितिको नेतृत्व कसले गर्ने,यसमा कुन–कुन दलहरुलाई सहभागि गराउनेलगायत विवादित विषयमा छलफल भइरहेको छ । विगत केही समयदेखि उच्चस्तरीय राजनतिक समिति गठनको माग राख्दै आएको एमाओवादीले समिति गठनलाई आफ्नो ‘बटम लाइन’ बनाउँदै सदन र सडक आन्दोलनको चेतावनी दिएपछि दलहरु यो विषयमा छलफल गर्न जुटेका हुन् ।
बिहिबार शीर्ष नेताहरुबीचमा विभिन्न चरणमा भएका औपचारिक र अनौपचारिक छलफलमा ठोस सहमति हुन नसकेपछि यसलाई अन्तिम रुप दिन शीर्ष नेताहरु जुटेका हुन् ।
बिहिबार शीर्ष नेताहरुबीचमा विभिन्न चरणमा भएका औपचारिक र अनौपचारिक छलफलमा ठोस सहमति हुन नसकेपछि यसलाई अन्तिम रुप दिन शीर्ष नेताहरु जुटेका हुन् ।
बिहिबार समितिको कार्यक्षेत्र र यसमा सहभागि गराउने दलहरुका बारेमा मतैक्यता नभएपछि दलहरु समिति गठनबारे अनिर्णित भएका थिए । एमाओवादीले मधेसवादी दलहरुको सहभागितामा विगतको जस्तै राजनीतिक संयन्त्र बनाउनु पर्ने अडान पेश गरेको थियो भने कांग्रेस–एमालेले यसमा मधेसी दललाई सहभागि गराउने विषय र यसको क्षेत्राधिकारका विषयमा असहमति जनाएका थिए ।


0 comments
तपाईंको प्रतिकृया