गजेडी – ३ खुल्ला दिशा मुक्त क्षेत्र
सैनामैना । रुपन्देहीको गजेडी गाविसको वडा न ३ लाई खुल्ला दिसा मुक्त वडा घोषणा गरिएको छ । शनिबार दानापुर तालमा आयोजीत एक कार्यक्रमका बीच गजेडी गाविस सचिव राज कुमार श्रेष्ठले खुल्ला दिसा मुक्त वडा घोषणा गरेका हुन ।
वडा नागरीक मञ्चका अध्यक्ष रजेन्द्र प्रसाद घर्तीमगरको अध्यक्षता समाजसेवी पतिराम थापाको स्वागत तिलक लोधको संचालनमा कार्यक्रम भएको थियो ।
४०७ घरधुरी रहेको वडा न ३ लाई खुल्ला दिसा मुक्त घोषणा गर्ने क्रममा धेरै चुनौती रहेको भिवास सीसी अनुगमन समीतीका संयोजक ओम बहादुर थापाले बताए ।
समयमाई सामुदायिक वनका अध्यक्ष लील बहादुर दर्लामीले खुल्ला दिसा मुक्त वडा घोषणा संगै वडा बासीमा उमङग आएको भन्दै गजेडी गाविसलाई पूर्ण रुपमा खुल्ला दिसा मुक्त गर्ने अभियानमा लाग्ने बताए । यस अघि गजेडी गाविसको वडा न १ र २ लाई खुल्ला दिसा मुक्त वडा घोषणा गरि सकिएको छ ।

0 comments
तपाईंको प्रतिकृया