Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
तिजको अवसरमा वृद्धालाई सम्मान

बुटवल । हरितालिका (तिज)को अवसरमा  वुटवल ९ शिद्धेश्वरी टोल स्थित हरियाली टोल समितीले वृद्धाहरुलाई सम्मान तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।
 वुधवार एक कार्यक्रम विच ४ जना वयोवृद्धाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । टोल समिती अन्तर्गतको आमा समूहकी अध्यक्ष हिरादेवी पाण्डेको अध्यक्षता टोल समितीका अध्यक्ष निर्मला महतको प्रमुख आतिथ्यता भएको कार्यक्रमको संचालन  व्यञ्जना केसीले गरेकी थिईन उपाध्यक्ष कुविजा भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन  ।
 टोल समितीले साप्ताहिक रुपमा टोल सरसफाई, टोलमा चेलिएको विहे भए मायाको चिनो दिने र टोलमा आर्थिक सहयोग पनि गर्दे आएको सचिव लेखमान श्रेष्ठ (श्रवण)ले जानकारी दिए । यसैविच उक्त टोल समितीको भदौ ७ गते साधारणसभा तथा पहिलो अधिवेशन हुने भएको छ ।

0 comments

तपाईंको प्रतिकृया