Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
साढे २७ किलोको काउली, ८ किलोको प्याज!


एउटा काउलीको तौल कति होला ? साढे २७ किलो । पत्याउनै गाह्रो पर्नेगरी बेलायतका एक पुरुषले आफ्नै बारीमा झण्डै साढे २७ किलोको काउली फलाएर विश्वकीर्तिमान कायम गरे ।
बेलायतको नटिंघमसायरका पिटर ग्लाजेब्रुकले अप्रिलमा २७.४८ किलोको काउली फलाएर नयाँ विश्व रेकर्ड कायम गरे । आफैले सन् १९९९ मा कायम गरेको रेकर्ड उनले तोडे ।उतिबेला उनले अहिलेको भन्दा झण्डै अढाइ किलो कम तौलको काउली फलाएका थिए । उनले फलाएको पछिल्लो काउली सामान्य काउली भन्दा २० गुणा ठूलो छ । विश्वमा सबैभन्दा ठूलो प्याज तथा आलु फलाउने व्यक्ति पनि पिटर नै हुन् । उनले फलाएको किर्तिमानी प्याजको तौल ८.१९५ केजी छ भने आलुको तौल ३.८ केजी छ ।

0 comments

तपाईंको प्रतिकृया