Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
शीर्ष नेता सर्वपक्षीय सभाको मिति तय गर्न असफल

काठमाडौं । प्रमुख चार दलका शीर्ष नेताहरु सर्वपक्षीय राजनीतिक सभाको मिति तय गर्न असफल भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा सभाको मिति तथा कार्यविधिबारे छलफल भएपनि कुनै सहमति हुन सकेन ।
चार दलले राजनीतिक सभाको मितिबारे सहमति खोज्ने जिम्मा कार्यदललाई नै दिएको छ । कार्यदलले तीन दिन छलफल गर्दा पनि सहमति गर्न नसकेपछि शीर्ष नेताहरुको बैठक बोलाइएको थियो । कांग्रेस र एमाले भदौ मसान्तभित्र राजनीतिक सभा गर्ने पक्षमा छन् ।

0 comments

तपाईंको प्रतिकृया