Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अभावै अभावमा अनाथालय

आश्रित बालबालिकाको भविष्यप्रति चिन्ता
रुद्रहरि कुंवर
 बुटवल । रुपन्देही सालझण्डीकी मनिषा परियारलाई बाबाको साथ त दैवले हरेर लग्यो । आमा पनि छाडेर गईन । तव उनलाई आफ्ना २ भाई वहिनीलाई पालन पोषण गर्ने जिम्मा थपियो ।
११ वर्षिया वालिकाले कसरी गरिन होली ति लालावालाको पालनपोषण ? अर्काको घरमा भाडा माझेर ,गाईवाख्रा चराए वापत अरुले दया गरेर दिएको पैसा र खानेकुराले दुई भाई वहिनीको प्राण धानेको थियो । अर्काको घरमा भाडा माझेर जेनतेन तिन भाईवहिनीको प्राण धानिएको अवस्थामा कहा“ स्कुल देख्न पाउनु ।  पढ्ने उमेरकी उनले दुख भोगेर भएपनि दुई भाई वहिनीको प्राण धानिरहने वाध्यता थियो । अहिले भने उनि स्कुलमा पढ्छिन । स्थानिय जनता माध्यमिक विद्यालयको कक्षा ३ मा । उनलाई पढ्ने वातावरण मिलाएको हो देवदह नगरपालिका ९ स्थित मायादेवी अनाथ तथा असाहय वालवालिका संरक्षण केन्द्रले । उनका दुई भाईवहिनी पनि संरक्षण केन्दले संचालन गरेको अनाथालय मै आश्रित छन । मनिषाका ७ वर्षिया वहिनी मञ्जु परियार र ४ वर्षिय भाई सुसिल परियार संरक्षण केन्द्रमा वसेर स्कुल पढ्छन । उनिहरु सालझण्डी गाविस कार्यालयको सिफारिसमा गत फागुन देखी संरक्षण केन्द्रमा आश्रय लिईरहेका छन ।
उनिहरु जस्तै उक्त संरक्षण केन्द्रमा १५ जना वालवालिका रहेका छन । ४ वर्ष देखी ११ वर्षका ति वालवालिकाहरु १ देखी ३ कक्षा सम्ममा पढ्छन । संरक्षण केन्द्रमा मुगुका द्धन्द प्रभावित वालवालिका पनि रहेका छन । सुरेन्द्र वुढाथापा कक्षा १ मा अध्यनरत छन । स्थानिय शान्ति समिती मुगुको सिफारिसमा जेठ महिना देखी उनि संरक्षण केन्द्रको संरक्षणमा छन । उनलाई किन कसरी यहा“ आए भन्नेवारे जानकारी नै छैन । केन्द्रमा रहेका अन्य साथीहरुसंग रमाईरहेको भेटिएका उनलाई संवाददाताको प्रश्नले अक्मकायो । कतिमा पढ्छौ वावु ? जवाफ दिए –कक्षा १ मा ।’ कुन स्कुल ? जवाफ फर्काउन सकेनन ‘अ..’  घर कहा“ हो तिम्रो थाहा छ ? पहाड भन्ने थाहा रहेछ  त्यसपछि उनलाई केही थाहा छैन । मुगुका दुई द्धन्दपिडित अशाहय वालवालिका रहको त्यहाका कर्मचारीले बताए । 
संरक्षण केन्द्रमा आश्रित अनाथ तथा असाहय वालवालिकाहरुले पढ्न त पाएका छन । तर उनिहरुलाई दैनिक खर्च चलाउन मुस्किल हुने गरेको सचिव शंकर प्यासीले बताए । ‘कापि कलम सहयोग पाएका छौ ।’ उनले भने– तर तिनीहरुलाई खुवाउने खाद्यान्नको अभाव छ ।’ समाजसेवीहरुको सहयोगवाटै संचालन भएको उक्त संरक्षण केन्द्रमा खाद्यान्न तथा भौतिक संरचनाको अभाव छ । ‘अहिले खासै सहयोग आएको छैन ।’ उनले भने–‘कुनै व्यक्ति तथा संघ संस्थाबाट सहयोग आएन भने वालवालिका खुवाउनै समस्या हुन्छ ।’ उनका अनुसार प्रति वालवालिका मासिक करिव ३ हजार रुपैया खर्च हुन्छ । सहयोगी कर्मचारीहरु पनि छन । वालवालिकालाई खेल्ने खुल्ला मैदान, खेलकुद सामाग्री, अध्ययनको लागी अतिरिक्त पुस्तक, पुस्तकालय, मनोरञ्जनका सामाग्री, व्यवस्थित कम्पाउण्ड, शौचालय ,भान्सा कोठा तथा सुत्ने खाटको अभाव रहेको अध्यक्ष अम्विका प्यासीले जानकारी दिईन ।
 स्व. बाबुराम प्यासीको पहलमा २०५९ माघ १० गते देखी ४ वालवालिकावाट शुरु भएको संरक्षण केन्द्रमा कुनै वेला  ४४ जना सम्म अनाथ असाहय तथा द्धन्द पिडित वालवालिकाले संरक्षण पाएका थिए । तत्कालिन अध्यक्ष प्यासीको निधन पछि सहयोगी हातहरुको अभावमा अनाथालय आफै अनाथ जस्तो भएको हो । यद्यपी उनकी धर्म पत्नि अम्विकाले यसलाई निरन्तता दिईरहेकी छन । विभिन्न व्यक्ती तथा संघ संस्थाको सहयोगमा संचालनमा रहेको संरक्षण केन्द्रको अवस्था अहिले दयनिय अवस्थावाट गुज्रिएको छ । ‘अनाथ असाहय वालवालिका सिफारिस गरेर ल्याउनु हुन्छ ।’ उनि भन्छिन ‘ नराख्न भएन राख्दा उनिहरुको आवश्यकता पुरा गर्ने ग्राहो भयो ।’
 एक कट्टा जग्गामा एउटा टहरा छ अनि  जिविस तथा विभिन्न संघ संस्थाले दिएको सहयोगवाट ४ कोठे भवन निर्माण गरिएको छ । पर्याप्त  पुर्वाधार नहुदा  समस्या थएिको अध्यक्ष प्यासीले बताईन । ‘२४ जना वालवालिका राख्ने अनाथालयको क्षमता भएपनि राख्न सकिएको छैन ।’  उनले भनिन– नियमित खाद्यान्न, लत्ताकपडा दिने दाता भेटिएमा पुर्ण क्षमतामा संचालन गर्न सकिन्छ ।’ अनाथालयमा रहेका वालवालिकाहरुलाई कम्तिमा एसएलसी सम्म पढाउन सकेमा उनिहरुको भविष्य उज्जवल वन्ने सपना अनाथालय संरक्षण समितीका पदाधीकारी तथा सदस्यहरुले देखेका छन । तर नियमित सहयोग नआउदा अनाथालयकै भविष्य अन्यौलमा परेको छ ।

0 comments

तपाईंको प्रतिकृया