Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
दुर्घटनामा पत्रकारसहित तीन जनाको मृत्यु

बुटवल । प्युठानवाट बुटवल आउदै गरेको बा ९ च १८१२ नम्बरको निजी टाटा सुमो जीप विहान रुपन्देहीको सालझण्डीमा दुर्घटना हुँदा पत्रकार सहित ३ जनाको मृत्यु भएको छ ।
 दुई जना गम्भिर घाइते भएका छन् ।
नेपाल पत्रकार महासंघका प्युठानका संस्थापक सभापति  बिजुवार– ६ का ४५ वर्षीय सूर्य बिक, प्यूठान बांधिकोटका ४५ वर्षीय खिमबहादुर गिरी र उनका छोरा २५ वर्षीय रोहण गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गिरी बाबु छोराको घटनास्थलमै र पत्रकार बिकको बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा लैजादै गर्दा मृत्यु भएको हो। जीपको अगाडिको टायर पड्किंदा  गाडी अनियन्त्रित भई सीतापुरमा सडक छेउको पिपलको रुखमा कार ठोक्किएपछि १० मिटर तल पोखरीमा खसेको सालझण्डी प्रहरीले जनाएको छ ।
दुर्घटनामा पत्रकार विककी श्रीमती ४२ वर्षीय रमा बिक र चालक कृष्ण सुनार घाइते छन् । उनीहरु दुवैको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

0 comments

तपाईंको प्रतिकृया