Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नेता बोगटीको निधन

शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने
 काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्वमन्त्री पोष्टबहादुर बोगटीको निधन भएको छ ।
नेता बोगटीको उपचारका क्रममा सोमबार विहान सात बजेर २५ मिनेट जाँदा नर्भिक अस्पतालमा निधन भएको थियो ।
एकीकृत नेकपा माओवादीले दिंगवत भएका नेता पोष्टबहादुर बोगटीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टी केन्द्रीय कमिटीले बोगटीको पार्थीव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेको हो ।
त्यस्तै एमाओवादीले बोगटी शोकमा पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पार्टी पदाधिकारीको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै तीन दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने, असोज ५ गते सबै जिल्लामा श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय गरेको छ । एमाओवादीका शीर्ष नेता तथा कार्यकर्ताहरु अहिले पेरिसडाँडामा भेला भएका छन् । बोगटीको पार्थीव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न ठूलो संख्यामा नेता कार्यकर्ता उपस्थित भएका हुन् । ११ बजेपछि भने पार्थीव शरीरलाई खुल्लामञ्चमा लगिएको छ ।

0 comments

तपाईंको प्रतिकृया