नौलो सहकारीद्धारा रक्तदान
बुटवल । नौलो बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड बुटवलले मंगलवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुटवल ९ दीपनगर स्थीत आफ्नै कार्यालयमा गरिएको रक्तदान कार्यक्रम सहकारीका अध्यक्ष माधवप्रसाद श्रेष्ठको अध्यक्षता र प्रकाश कडेलको संयोजकत्वमा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष माधवप्रसाद श्रेष्ठका अनुसार सहकारीको वार्षिक साधारण सभाको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रमका २० जनाले रक्तदान गरेको संयोजक कडेलले बताए । सहकारीका सचिव उत्सव न्यौपानेले रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको बताए । रक्तदान गरेकाहरुलाई सहकारीको साधारण सभामा प्रमाणपत्र सहित सम्मान गरिने सचिव न्यौपानेले बताए ।

0 comments
तपाईंको प्रतिकृया