माथिल्लो कर्णालीको पीडीएमा हस्ताक्षर
काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण गर्न भारतीय कम्पनी जीएमआरसँग परियोजनाको विकास सम्झौता पीडीए मा औपचारिक हस्ताक्षर भएको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजना ९ सय मेगावाट क्षमताको हो ।
प्रधानमन्त्री सुशील कोइराला र भारतीय गहृमन्त्री राजनाथ सिंहको उपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी राजेश पन्त र भारतीय कम्पनी गान्धी मल्लिकार्जोन राव जिएमआर का ऊर्जा अध्यक्ष एवम् नेपाल प्रमुख अरविन्द मन्चा शेशानले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार विद्युत उत्पादनका लागि जीएमआरले लगानी जुटाउनेछ । उसले लगानी दुई वर्षभित्र जुटाउनु पर्नेछ भने पाँच वर्षमा आयोजना निर्माण गर्नेछ । २०२१ मा व्यवसमायिक उत्पादन थाल्नेछ भने विद्युत भारतलाई बेच्नेछ । परियोजनामा २७ प्रतिशत शेयर नेपालले निशुल्क पाउनेछ भने १२ प्रतिशत निःशुल्क विद्युत पाउनेछ । विद्युत परियोजना निर्माण सम्पन्न भएर विद्युत उत्पादन भएको २५ वर्षपछि जीएमआरले परियोजना नेपाललाई हस्तान्तरण गर्नु पर्नेछ ।


0 comments
तपाईंको प्रतिकृया