Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अध्यक्ष नियुक्ति नहुदा कृषी उपज थोक बजार संचालनमा समस्या

बुटवल । बुटवल कृषी उपज थोक वजार  संचालक समितीमा अध्यक्ष लगायतका पदाधीकारी नियुक्तिमा ढिलाई हुदा व्यवस्थापनमा समस्या देखीएको छ ।
 पब्लिक प्राईभेट पार्टनरसिप (थ्रि पि)को अवधारणा अनुसार संचालनमा रहेको उक्त बजार समितीमा पुस महिना देखी अध्यक्ष पद खाली छ । अध्यक्ष नियुक्ति नहुदा दैनिक प्रशासनिक बाहेकका काम हुन नसकेको त्यहांका कर्मचारीहरुले बताएका छन । व्यवसायी कलाधर पन्थीको ३ वर्षे कार्यकाल पुस महिनामा समाप्त भए पनि अहिले सम्म अध्यक्ष नियुक्ति भएको छैन ।
अध्यक्ष नियुक्ति हुन नसक्दा नितीगत निर्णय हुन सकेको छैन । शौचालय समेत मर्मत हुन सकेको छैन भने फोहर व्यवस्थापन ,भवनको तला तप गर्ने कार्य गर्न नसकिएको बजार व्यवस्थापक अब्दु कैयुन मुसलमानले बताए । उनले भने–शौचालय मर्मत गर्नु पर्नेछ तर अध्यक्ष नहुदा वजेट निकासा गर्न सकिएको छैन ।’
उनका अनुसार भवनको तला थप्नको लागी व्यवसायीहरु तयार रहेका छन । त्यति मात्र होईन भवनको संरचना वृद्धिको लागी प्याक्ट नामको संस्थाले कृषि मन्त्रालय अन्तर्गत रही लगानी गर्ने चासो देखाएको थियो । समितीका अध्यक्ष तथा पदाधीकारी नहुदा काम अगाडी वढाउन नसकिएको उनको भनाई छ ।
यो कृषी उपज केन्द्र राजधानीको कालिमाटी तरकारी वजार पछिको मुलुककै दोश्रो ठूलो तरकारी थोक वजार हो । ६० प्रतिशत कृषि निर्देशनालय, २० प्रतिशत बुटवल नगरपालिका र २० प्रतिशत फलफूल तथा तरकारी व्यवसायीको लगानी रहेको उक्त वजार संचालक समितीमा पदपुर्ती हुन नसक्दा संचालनमा समेत समस्या देखिन थालेको छ । 
कर्मचारीहरुले वजेट निकासमा गर्न नसक्दा शौचालय मर्मत तथा फोहर व्यवस्थापनमा समेत समस्या देखीएको त्यहाका व्यवसायीहरुले बताएका छन । बजार व्यवस्थापक मुसलमानले समिती नभएकाले वजेट निकासा गर्न नसकिएको बताउछन ।
भन्छन– हामीहरु त्यस्तो रिक्स लिदैनौ , समितीले गर्ने काम हो, समिती छैन वजेट निकासा गर्ने समिती चाहिन्छ ।’ सामान्यतथा २–४ हजार रुपैया खर्च वाहेक वढि खर्च हुने काम नगरेको उनले बताए । ‘कर्मचारी रिक्समा काम गर्न चाहन्न ।’उनले भने– समिती नहुदा यस्तो समस्या भएको छ ।’  एक त कर्मचारीलाई खर्च गर्ने अधिकार पनि छैन अर्काे कुरा उनिहरुकै भविष्य अन्यौलमा छ । एक जना कर्मचारीको मात्र स्थायी दरवन्दी रहेको वजार केन्द्रमा १४ जना कर्मचारी कार्यरत छन । वजार व्यवस्थापक मुसलवान  जिल्ला कृषी कार्यालय रुपन्देहीवाट केही दिन अघि मात्र कृषी उपजको जिम्मेवारी सम्हाल्न आएका हुन । यस अघि उक्त पदमा काजमा खटाईने गरिएको थियो । १३ जना अस्थायी कर्मचारीको  करार म्याद  कात्र्तिक मसान्तरमा सकिदै छ । असार मसान्तमा उनिहरुको करारको म्याद सकिएको थियो । कृषी मन्त्रालयले ४ महिनाको लागी म्याद थपेको थियो । ‘आफ्नै भविष्य अन्यौलमा देखेका कर्मचारीले  कसरी काम गर्न सक्छन ?’ कर्मचारी टेकराज पन्थी भन्छन– कर्मचारीको काम गर्ने जागर पनि मरि सक्यो ।’  अध्यक्षको नियुक्तिको नहुदा  कारोबारमा समेत मन्दी आएको उनले बताए । वजारको भविष्य नै अन्यौलमा परेकाले नेपाली कृषकले उत्पादनलाई समेत कटौती गरेको उनको भनाई छ ।
 दैनिक २० करोडको कारोवार हुने गरेकोमा २० प्रतिशतले कारोवारमा कमी आएको उनले बताए । ‘वजार संचालनमा अन्यौलता आएकाले कृषकले उत्पादन घटाएका छन ।’ उनले भने– वजार खुले पछि उत्साहित भएका कृषक निरुत्साहित वन्दै गएका छन ।’   यो कृषी उपज केन्द्रमा नेपालको उत्पादनले करिव ७० प्रतिशत ओगटेको थियो भने ३० प्रतिशत भारतवाट आयत गरिएको तरकारी तथा फलफुलले ओगट्ने गरेकोमा अहिले नेपाली उत्पादन क्रमस घट्दै आएको छ ।  बुटवल नगरपालिका , कृषी निर्देशनालय र व्यवसायी विच भएको सम्झौता नविकरण गर्न बुटवल नगरपालिकाले स्वीकृत नजनाएकाले वजार संचालनमा अन्यौलता थपिएको छ ।   प्रकृया संचालनमा बुटवल नगरपालिकाले असन्तुष्टी जनाउदै वजार संचालनमा ध्यान नदिएको बताईएको छ ।

0 comments

तपाईंको प्रतिकृया