Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
गजेडीमा आधारभूत शिक्षा सुनिश्चितता

बुटवल । रुपन्देहीको गजेडी गाविसलाई निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा शुनिस्चितता भएको घोषणा गरिएको छ । गाविसलाई एक कार्यक्रमकाबीच सोमबार जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले उक्त घोषणा गरेका हुन ।
विद्यालय उमेर समूहका १ सय १० जना बालबालिकालाई विद्यालयको पहुूचमा ल्याएपछि गजेडी आधारभूत शिक्षा सुनिस्चितता भएको हो । अहिले गाविसका ९७.१२ प्रतिशत बालबालिका विद्यालयका पहुचमा पुगेको गाविस सचिव तथा गाउू शिक्षा समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । घोषणा कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले शिक्षको विकास विना  देशको विकास हुन नसक्ने भन्दै पहिले आमनागरिक शिक्षित हुनुपर्ने बताए । त्यस्तै सहायक जिल्ला शिक्षा अधिकारी मनोज गैरेले आधारभूत शिक्षा अहिले अनिवार्य भइसकेको भन्दै यो अभियानमा जिल्लाका सबै गाविस सुनिस्चित हुनुपर्ने बताए ।

0 comments

तपाईंको प्रतिकृया