Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बुटवलमा दशै सस्तो बजार

बुटवल । बुटवलमा दशै सस्तो बजार संचालन भएको छ । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा  बुधवार देखी बुटवलमा  सस्तो दशैं बजार सुरु भएकोे हो ।
सस्तो बजारमा खाद्यान्न, किराना, तरकारी फलफुल, दुग्धजन्य पदार्थ, चिनी लगायतका बस्तुहरु ३० वटा स्टलबाट बिक्रि बितरणको व्यवस्था मिलाइएको छ । बजारमा नया नोट साट्ने पनि व्यवस्था मिलाइएको छ । बजारमा सहभागि व्यवसायीहरुबाट ५ प्रतिशत देखि ५० प्रतिशतसम्म छुट र बिशेष स्किमको व्यवस्था मिलाईएको  संघका सदस्य तथा बजारका संयोजक बिमलराज भट्टराइले जानकारी दिए ।
 बुटवलको कान्ति सभागृह परिसरमा चार दिनसम्म संचालन हुने सस्तो बजारको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पंथीले एक कार्यक्रमकाबीच उदघाटन गरे । 
उनले आम उपभोक्तालाई सरल, सहज तवरबाट सस्तो मुल्यमा उपभोग्य बस्तु उपलब्ध गराउने दायित्व सरकारको भएपनि अहिले सरकारले निजी क्षेत्रलाई उद्योग व्यापार गर्ने जिम्मा दिएर त्यसका लागि आवश्यक बातावरण बनाउन लागिपरेको बताए ।
संघका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा संघका पुर्वअध्यक्ष ज्ञानेन्द्र कसजु, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, संघका बरिष्ठ उपाध्यक्ष महेशमान सिंह, कार्यक्रम अधिकृत यानु थापा लगायतले वोलेका थिए ।


0 comments

तपाईंको प्रतिकृया