नेपालीको महान पर्व बडादशैं शुरु
बुटवल । नेपालीहरुको महान् पर्व बडादशैं अर्थात विजया दशमी हुरु भएको छ । आज प्रथम दिन घरघरमा भगवती दुर्गा भवानीको प्रथम रुप माता शैलपुत्रीको पूजाआजा गरिएको छ । शक्तिपीठ,देवीमनिदर तथा घरघरमा विशेष विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ । मकै तथा जौलाई सुर्यको किरण नलाग्ने ठाउनमा राखी राखी उमारिन्छ जसलाई जमरा भनिन्छ । घटस्थापनाको दिन राखिएको जमरा दशमीको दिन लगाउने चलन रहेको छ ।
हिमालय पर्वतकी छोरीका रुपमा प्रादुर्भाव भएकी देवी शैलपुत्रीको पूजा गर्नाले माता प्रकृति प्रसन्न भई सहसमृद्धि प्राप्त हुने शास्त्रहरुमा उल्लेख छ । माता शैलपुत्रीको पूजाआजाका लागि भक्तजनहरु आज बिहानैदेखि मुलुकका विभिन्न देवीमन्दिरहरुमा भेला भएका छन् ।
शैलपुत्री सबै देवीकी पनि आदिदेवी प्रारम्भा हुन् । आदिशक्ति हुन् । उनैबाट अरु देवी लोकमा विभिन्न हितरक्षा गर्न जगतमा उद्भव भएका हुन् । शैलपुत्री देवी हरियो रंङमा रहेको चित्रण गरिएको छ । शिरमा अर्धचन्द्र धारण गरेकी, गलामा सेतो माला पहिरेकी,हातमा त्रिशुल र कमल लिएकी नन्दीमाथि चढेकी छन् भनेर वर्णन गरिएको छ ।उनले जगतलाई प्राकृतिक सिर्जनाले सजाई संसारमा वैभव भर्दछिन् भन्ने पनि देवीभागवत दुर्गासप्तशति, चण्डी लगायतका ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ ।

0 comments
तपाईंको प्रतिकृया