टेण्डरको म्याद थप गर्न अख्तियारको निर्देशन
बुटवल । लुम्विनी अंचल अस्पतालको सटर भाडामा लगाउन गरिएको टेण्डरको म्याद थपिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा अन्तिम समयमा आएर टेण्डरको म्याद थप गरिएको हो ।
अस्पताल प्रशासनले मंगलवार सुचना निकालेर टेण्डरको म्याद थप गरिएको जनाएको छ । भदौ १ गते टेण्डरको सुचना प्रकाशित गरी भदौ मसान्त सम्म वोलपत्र आवेदन दिन सकिने अस्पताल प्रशासनले जनाएको थियो । अख्तियारको पत्र आएपछि म्याद थप गरिएको मेसु तारनाथ पौडेलले जानकारी दिए ।
अख्तियारले ३० दिनको म्याद थप गर्न निर्देशन दिएको हो ।

अस्पतालका मेडिकल रेकर्डर लक्ष्मीराज रेग्मीका अनुसार भदौ मसान्त सम्म ७ सय ७४ फारम विक्रि भएकोमा ६ सय १० मात्र निवेदन दर्ता भएका छन । हाल सम्म सटर उपयोग गरेका व्यवसायीले टेण्डर प्रकृयाको विरोध गरी आन्दोलनमा उत्रिएपछि केही दिन यता अंचल अस्पतालमा तनाव उत्पन्न भएको थियो । यसैविच सटरको लागी टेण्डरको आवेदन दिएकाहरुले अन्तिमममा आएर एकाएक म्याद थप गरिएको भन्दै विरोध गरेका छन । उनिहरुले शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।

0 comments
तपाईंको प्रतिकृया