कुखुराको मासुको मुल्य घट्यो
सुपरखवर डट कम
बुटवल। मागको तुलनामा कुखुराको उत्पादन वृद्धि भएपछि मुल्यमा गिरावट आएको छ । पछिल्लो समयमा
क्रमिकरुपमा कुखुराको मासुको मुल्यमा गिरावट आएको हो ।
साउन महिनामा तयारी मासुको खपत कम भएको तथा उत्पादन वढेकाले मुल्य घटाएको मासु व्यवसायी संघ बुटवलले जनाएको छ । आज वुधवारी देखी लागु हुने गरी कुखुराको मासुको मुल्य प्रतिकेजी २ सय ६० कायम गरीएको संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए । मंगलवार वसेको संघको वैठकले प्रतिकेजी २ सय ८० रुपैयामा विक्रि भईरहेको कुखुराको मासुको मुल्य २० रुपैया घटाएर प्रतिकेजी २ सय ६० रुपैया कायम गरेको हो ।
अध्यक्ष पौडेलका अनुसार असार मसान्तर सम्म प्रतिकेजी ३ सय ८० सम्म विक्रिवितरण भएको कुखुराको मासु त्यसपछि क्रमश घट्दै आएको हो । साउन महिना शूरु भएयता क्रमिक रुपमा मुल्यमा गिरावट आएको मासु व्यवसायीहरुले बताएका छन । अब कुखुराको मासुको मुल्य वढ्ने देखिदैन । सोह्रश्राद्ध शुरु भएपछि मासुको माग घट्छ । दशै तिहारमा कुखुरा भन्दा पनि खसीवोकाको मासुमा उपभोक्ताको ध्यान जाने भएकाले कुखुराको मासुको मुल्य नबढ्ने मासु व्यवसायीहरु बताउ“छन ।
दशैतिहारमा खसीवोकाको मुल्य वढ्ने व्यवसायीहरुले बताएका छन । अहिले बुटवल बजारमा खसिको मासु प्रतिकेजी ६ सय २० रुपैया रहेको छ । दशैतिहारमा खसिवोकाको मासुको मुल्य आकासिने अनुमान गरिएको छ । ‘चिनवाट भेडा च्याङग्रा नआए मुल्य वढ्छ ।’ संघका अध्यक्ष पौडेल भन्छन– दुई वर्ष चिनवाट भेडा च्याँङग्रा ल्याइएन यो दशै तिहारमा पनि नआए नेपाली बजारलाई प्रभाव पार्छ ।’ रुपन्देही जिल्लामा उत्पादन गरेको कुखुराको मासुले बजार थेग्दैन । चितवन, दाङ , कपिलवस्ुत लगायतका जिल्लाबाट यहा“ जिउदो कुखुरा आपुर्ती गरिन्छ । खसिबोका भने भारतकै भर पर्नुपर्छ । ९० प्रतिशत खसिबोका भारतबाट आयात गरिन्छ । मासु बजारमा १० प्रतिशत खसिबोका मात्र नेपालबाट आपुर्ति हुने गर्दछ । रुपन्देही जिल्लामा दैनिक २० टन कुखुराको मासु खपत हुन्छ । करिव २ टन खसिबोका तथा १ टन रागाको मासु खपत हुने मासु व्यवसायी संघले जनाएको छ ।
बुटवल। मागको तुलनामा कुखुराको उत्पादन वृद्धि भएपछि मुल्यमा गिरावट आएको छ । पछिल्लो समयमा क्रमिकरुपमा कुखुराको मासुको मुल्यमा गिरावट आएको हो ।

0 comments
तपाईंको प्रतिकृया