गैरकानुनी रुपमा एग्रोभेट संचालन
बुटवल । बुटवलका केही एग्रो भेटहरु गैर कानुनी रुपमा संचालन भएको पाईएको छ । भेटले औषधी विभागबाट लाईसेन्स लिएर पशुपन्क्षिको औषधी विक्रि गर्न पाउछ ।
एग्रो संचालनको लागी विषादी तथा विउविजनका विक्रि गर्न पाउने अनुमति पत्र लिनु पर्छ तर अनुमति पत्र विनै विउविजन समेत विक्रि गरेको पाईएको हो । अनुमति विना नै भेटले एग्रो समेत संचालन गरेको पाईएको हो । पशुपक्षिको लागी आवश्यक पर्ने औषधी विक्रि गर्ने अनुमति पत्र लिएर विउविजन र विषादी समेत वेच्ने गरेको पाईएको हो ।
जिल्ला कृषी कार्यालय रुपन्देहीको अगुवाईमा सोमवार वुटवलका केही एग्रो तथा भेटमा गरिएको अनुगमनको क्रममा एग्रो भेटहरु कानुनी मापदण्ड पुरा नगरेको पाईएको हो । वुटवलको नेपालगञ्ज रोडमा रहेको जय किसान भेट सेन्टरमा अनुमति विना विउविजन विक्रि वितरण गरेको पाईएको छ । औषधी मात्र विक्रि गर्न पाउने अनुमती लिएर विउविजन समेत विक्रि गरेको पाईएको जिल्ला कृषि कार्यालयका विउ निरिक्षक जयबहादुर महत्राले जानकारी दिए । उक्त पसलमा म्याद सकिएको विषादी तथा विउ विजन समेत भेटिएका छन ।
विउविजन विक्रि वितरण गर्न पाउने अनुमति पत्रविना विउविजन विक्रि गरेकाले त्यसो नगर्न सुझाव सहित ति विउहरु अनुमति पत्र विना विक्रि गर्न नपाउने सर्तमा काटर्नु तथा वोरामा प्याक गरेर राखिएको छ । ‘४ कार्टुन र २ वोरा विउविजन प्याक गरेर पसल मै छाडिएको छ ।’ निरिक्षक महत्राले भने– अनुमति पत्र लिएर मात्र विक्रि गर्न भनेका छौ अनुमति विना विक्रि गरेको पाए कारवाही गछौ । ’ विना अनुमति विउ विजन विक्रि गरेको पार्यएमा २० हजार जरिवारना र २ वर्ष सम्म कैद गर्न सकिने कानुनी व्यवस्था रहेको उनले जानकारी दिए । जय किसान भेट सेन्टरवाट राष्ट्यि विउविजन समितीले स्वीकृत नगरेका विउ समेत विक्रि गरेको पाईएको छ ।
समितीले विक्रिको लागी स्वीकृत नदिएका चिन तथा थाईल्याण्डवाट ल्याईएका विउहरु समेत विक्रि वितरण भएको भेटिएको जिल्ला कृषी कार्यालय रुपन्देहीका वालि संरक्षण अधिकृत रामवहादुर खत्रीले जानकारी दिए । उनका अनुसार संचालकलाई अनुमतिपत्र लिएर मात्र विउ विक्रि गर्न, त्यसको रिपोर्ट कार्यालयमा पेश गर्न, एक्सपायर भएको विउ तथा औषधी तुरुन्त नष्ट गर्न र फर्मवालाले मात्र औषधी विक्रि गर्न सुझाव दिएको छ । जय किसान भेट सेन्टरका संचालक चित्रबहादुर गौतम हुन । उनको पसल भने साला सुरज योगीले सम्हालेको भेटिएको हो । त्यसै गरी वुटवल ८ नेपालगंज रोडमा रहेको प्रकाश भेटमा पनि विउ विक्रि वितरण गरेको तथा फर्म र पानमा संचालकको नाम फरकफरक रहेको पाईएको थियो । श्री नेपाल एग्रोभेट फर्मामा गरिएको अनुगमनको क्रममा टयाग विना विउविजन विक्रि गरेको भेटिएको थियो । ल्याव परिक्षण विना विउ विक्रि वितरण गर्न नपाईने भएपनि त्यहा आफैले प्लाष्टीकमा प्याक गरेर टयाक विनाको विउ विक्र गरिएको भेटिएको थियो । मुल्य सुची राख्न तथा विउविजनलाई भण्डारण गर्ने तरिकाको वारेमा सुझाव दिएको जिल्ला कृषी कार्यालयले जनाएको छ ।
कृषी कार्यालयको अगुवाईमा भएको अनुगमनमा वुटवल नगरपालिका, वाणिज्य कार्यालय , इलाका प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण मन्च, इप्रकाका प्रतिनिधीहरु सहभागी थिए । उक्त अनुगमन टोलीले वुटवलके कृषी उपज केन्द्रका पसलहरुमा पनि अनुगमन गरेको थियो । दाजुभाई फ्रुड सेन्टरमा केरा पकाउन प्रयोग गरिने इथोलिनको प्रयोग गलत तरिका अपनाएको पाइएको थियो । अनुगमन टोलीले विषादी विना केरा पकाउने प्रविधी भुसेचुलोको प्रयोग गर्न सुझाएको थियो ।

0 comments
तपाईंको प्रतिकृया