आस्थमले होटल म्यानेजमेण्टमा अन्तराष्ट्यि स्तरको कोर्ष अध्यापन गराउने
बुटवल । होटल म्यानेजमेण्ट तथा टुरिजम सम्वन्धी तालिम संचालन गर्दे आएको एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट (आस्थम)ले स्कट ल्याण्डको सरकारी निकायको हस्पीटालिटी सम्वन्धी संस्था एस क्यु ए संगको सम्झौतामा डिप्लोमा स्तरको होटल म्यानेजमेण्ट तालिन संचालन गर्ने भएको छ । एक वर्ष उक्त तालिम अवधीमा ६ महिना सैद्धान्तीक कोर्ष र ६ महिना प्रयोगात्मक तालिम गराईने आस्थमका म्यानेजिङ डाईरेक्टर जिएस गुरुङले जानकारी दिए । यो तालिम छिट्टै संचालन गरिने उनले बताए ।
अन्तराष्ट्यि स्तरको कोर्ष अध्ययन गराईने उक्त तालिममा ४८ जनाको कोटा रहेको र इन्टनसिपको लागी प्रसिक्षार्थीहरुलाई मलेसिया पठाईने उनले बताए । उनिहरुको चाहना अनुसार दुवई, चाईना र युके पनि पठाउन सकिने म्यानेजिङ डाईरेक्टर गुरुङले जानकारी दिए ।

सनिवार आयोजित पत्रकार सम्मेलनमा आस्थमले अन्तराष्ट्यि मान्यता प्राप्त गरेको एल सिसि आई नेपालसंग पनि सहकार्य गरेको जनाएको छ ।
उनका अनुसार एस क्यु ए र एल सि सि आई नेपालले प्रशिक्षार्थीहरुको शिपको परिक्षण गरी प्रमाणपत्र प्रदान गर्ने छ । विद्यार्थीलाई किस्तावन्दीमा शुल्क वुझाउने व्यवस्था मिलाईएको कार्यक्रम संयोजक ज्योति पौडेलले जानकारी दिईन । इन्टनसिपको अवधीमा पनि प्रशिक्षार्थीहरुले तवल सुविधा पाउने वताउदै उनले त्यसपछि मलेसियामै रोजगारीको अवसर पाउने बताईन । आस्थमले होटल म्यानेजमेण्ट तालिमको लागी एस क्यु ए संग छ वर्षको लागी सम्झौता गरेको जनाएको छ ।
होटल म्यानेजमेण्टमा दक्ष म्यानपावर उत्पादन गर्न सफल आस्थमले अन्तराष्ट्यि स्तरको डिप्लोमा कोर्ष अध्यापनले अन्तराष्ट्यि क्वालीफाईड मेनपावर उत्पादन हुने अपेक्षा गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया