साहित्यकार सम्मानित
बुटवल। १४९ औं मोति जयन्तीको अवसर पारेर मंगलबार बुटवलमा गजल महोत्सव तथा साहित्यहकारहरलाई सम्मान गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा भएको महोत्सवमा स्रष्टा सम्मान, गजल प्रतियोगिता ,अन्र्तक्रिया तथा रचनावाचन कार्यक्रमहरु भएका हुन ।
महोत्सवमा नेपाली गजलमा योगदान पुराउने गजलकारद्धय डा.घनश्याम न्यौपाने ‘परिश्रमी’ र बुँद रानालाई गजल गौरबले सम्मान गरिएको थियो ।

त्यसै गरी लुम्बिनी अञ्चलका बिभिन्न जिल्लामा रही गजल उन्नयनमा टेवा पुराउने युवा गजलकारहरु हृदय लेकाली, राजेश चौधरी, प्रेम पुन्थोकी, समिर सायर भट्टराई, रमा जैशी, साधना शाह, स्वपलिन निरव, कृष्ण उदासी पाठक,सरस्वती पाण्डेय, ओम क्षितिज, सुनिता चुँदाली, निरु नवरश्मी गरी बाह्र जना स्रष्टालाई गजल अभिप्रेरणा सम्मानबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा भएको लुम्बिनी अञ्चल स्तरिय गजल प्रतियोगितामा कोपिला कुवर प्रथम, के.बी धुँवाले द्धितिय र सरोज सर्वहारा तृतिय भएका थिए । कार्यक्रममा बरिष्ठ पत्रकार अर्जुन ज्ञवाली, बिश्लेषक गोपिरमण उपाध्याय, साहित्यकारहरु मोदनाथ शास्त्री, माधब प्रसाद पंन्थी, हिमलाल ज्ञवाली, विजय सागर, सस्कृतविद् राजेन्द्र कुमार आर्चाय लगायतले नेपाली गजल साहित्यमा मोतिराम भट्टको योगदानको बारेमा चर्चा गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष ऋषि आजादको अध्यक्षता, उपाध्यक्ष पुरुषेत्तम पाण्डेयको स्वागत र सचिब छवि ज्ञवालीको संचालनमा भएको कार्यक्रममा सम्मानित स्रष्टा तथा अन्य स्रष्टाले गजल वाचन गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया