Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सभासदले दशै विदा नपाउने

काठमाडौं । संविधानसभाका रहेका १३९ सभासदले दसैंमा छुट्टी नपाउने भएका छन् । बाँकी सभासदले भने फूलपातीका दिन घर गएर २१ गते फर्कने गरी छुट्टी पाउने संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।
माघ ८ मा संविधान जारी गर्ने हो भने दसैंमा पनि काम गर्नुर्पर्ने भन्दै संवैधानिक राजनीतिक सम्वाद समिति र संविधान मस्यौदा समितिका सदस्यलाई काठमाडौंमै दसैं मनाउन सभाध्यक्ष सुवास नेम्वाङले निर्देशन दिएको संसद सचिवालयका अधिकारीले बताए । सचिवालयका अनुसार बाबुराम भट्टराई नेतृत्वको सम्वाद समितिलाई सभाध्यक्ष नेम्वाङले सहमति भएका विषयमा तत्कालै आंशिक प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।
त्यस्तो प्रतिवेदन तत्काल संविधानसभाको बैठकमा राखिने भएकाले फूलपातीको अघिल्लो दिनसम्म संविधानसभाको बैठक बस्न सक्ने सचिवालयले जनाएको छ । संवाद समितिले पठाएको प्रतिवेदनमा संविधानसभा बैठकले छलफल गरेपछि तुरुन्तै मस्यौदा समितिमा पठाउने भएकाले मस्यौदा समितिका सभासदलाई पनि दशैंमा काठमाडौं नछाड्न सभामुखले भनिसकेको सचिवालय स्रोतले जानकारी दियो ।सम्वाद समिति र मस्यौदा समितिमा ७१ र ६८ गरी कूल १ सय ३९ सभासद छन् । यीमध्ये केही सभासदको घर काठमाडौंमा छ भने अधिकांश सभासद राजधानी बाहिरका छन् ।

0 comments

तपाईंको प्रतिकृया