Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कम्युनिष्ट नेतृ साहना प्रधानको निधन

काठमाडौं । एमाले नेतृ एवं कम्युनिष्ट आन्दोलनकी अगुवा  साहना प्रधानको उपचारका क्रममा सोमबार राति निधन भएको छ ।
 बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत प्रधानको  सोमबार राति ११ बजेर ५ मिनेटमा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  विगत तीन वर्षदेखि नसाको समस्याबाट पीडित भएकी प्रधान लामो समयदेखि बोल्न सकेकी थिइनन् । यस्तै अवस्थामा गत जेठ २३ गते उनलाई मतिष्कघात भएको थियो । मतिष्कघातपछि प्रधानको बयोधा अस्पतालमा उपचार भइरहेको थियो । प्रधानको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान एमाले पार्टी कार्यालय बल्खुमा राखिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नका लागि विभिन्न राजनितिक दलका नेताहरु पुगेका थिए ।
८७ वर्षकी प्रधानको पाँच दिनयता स्वास्थ्य अवस्था गम्भीर भएको र सघन उपचार कक्षमा इन्कुभेटरमा राखेर उपचार गरिएको अस्पताल स्रोतले जनाएको छ ।  राजनीतिमा ६ दशकदेखि निरन्तर सक्रिय प्रधानले ०४६ सालमा संयुक्त वाममोर्चाको नेतृत्व गर्दै आन्दोलनको अगुवाइ गरेकी थिइन्। ०४६ पछिको अन्तरिम सरकारमा उनी उद्योगमन्त्री थिइन्। त्यसैगरी ०६३ को परिवर्तनपछि बनेको सरकारमा उनी उपप्रधान तथा परराष्ट्रमन्त्री थिइन्।  स्वर्गीय प्रधान कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठकी पत्नी हुन्।

0 comments

तपाईंको प्रतिकृया