लिस्नुकपको उपाधी डिवाइसिको पोल्टामा
बुटवल । १४ औ लिस्नुकप फुटबल प्रतीयोगीताको उपाधी डिवाइ सि कोटीमाइले जितेको छ । शनिबार अवेर सकिएको फाइनल भिडन्तमा कोटीमाइले रुपन्देही भलवारीको जेएमवाइसीलाइ टाइव्रेकरमा ३ ,१ ले पाखा लगाएको हो ।
हिलाम्य मैदानमा निकै प्रतीस्पर्धात्मक खेलमा ९० मिनेटसम्म दुवै टोलीबाट १,१ गोल भएपछी खेल ट्राइब्रेकरमा धकेलीएको थियो । खेलको पहिलो हाफदेखी नै दबाव दिइरहेको भलवारीका लागी खेलको पहिलो हाफमा सुरज भास्करले हानेको प्रहार पटक पटक बाहीरीएको थियो ।आर्कषक खेल देखाएका भलवारीका भास्करले खेलको पहिलो हाफको २५ औ मिनेटमा झन्डै ३० यार्डटाढाबाट हानेको फ्रिकिकले सिधै जाली चुम्दा पशुपती उच्च मावीको खेल मैदान गुन्जयमान भएको थियो । पहिलो हाफमा कोटीमाइको तर्फबाट जर्सि नं १० का सुमन लामाले केही राम्रा अवसर खेर फाल्दा पहिलो हाफमा भलवारी १–०ले अगाडी वढेको थियो । दोस्रो हाफमा सुधारीएको खेल पस्किएको कोटीमाइका लागी सुमन लामाले नै टोलीलाइ बरावरीमा ल्याइपुर्याए । उनले विपक्षी किपरलाइ बीट गर्दै दोस्रो हाफको ३० औ मिनेटमा गोल गरेका थिए । त्यसपछी दुवै टोली आक्रामक रुपमा प्रस्तुत भएपनि निर्धारीत ९० मिनेटसम्म खेल १–१ को वरावरीमा गएपछि ट्राइव्रेकरमा धकेलीएको थियो ।ट्राइब्रेकरमा डिवाइसी कोटीमाइको तर्फबाट सुमन लामा ,राज पौडेल,र तेज लामाले गोल गरेका थिए भने सुसन लामाको प्रहार पोलमा लागेर बाहीरीएको थियो ।
त्यस्तै भलवारीको तर्फबाट एकमात्र गोल प्रकाश गुरुङले गरेका थीए भने सुरज भास्कर,लक्षमण थापा,सुरेश पुनको प्रहारलाइ गोलरक्षक अजीत प्रजापतीले रोकेका थिए । प्रतीयोगीताको विजेता टिमले नगद १ लाख शिल्ड प्राप्त गरेको छ भने उपविजेतामा चित्त वुझाएको भलवारीले नगद ५० हजारमात्र प्राप्त गर्यो । प्रतीयोगीतामा उत्कृष्ट गोलरक्षक डिवाइसीका अजित प्रजापती र उत्कृष्ट खेलाडी डिवाइसीकै सुमन लामा घोषीत भएभने सर्वाधीक गोलकर्ताको उपाधी जेएमवाइसी भलवारीका मनिष घिसिङले प्राप्त गरे । प्रतीयोगीतामा विजयी खेलाडीहरुलाइ एक कार्यक्रमका विच तिलोत्तमा नगरपालीकाका प्रमुख ज्ञानराज पाण्डे,जिल्ला फुटबल सघं रुपन्देहीका अध्यक्ष कुमार केसी,एन्फाका केन्द्रिय मानार्थ उपाध्यक्ष हरिप्रसाद श्रेष्ठलगायतले सम्मान व्यक्त गरे ।

0 comments
तपाईंको प्रतिकृया