Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
गणतान्त्रिक मोर्चाले जनजाति पार्टीहरुसँग मिलेर आन्दोलन गर्ने

काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाले साना जनजाति पार्टीहरुको मोर्चा ‘पहिचानमा आधारित संघीय गठवन्धन’सँग सहकार्य गर्ने भएको छ ।दुबै मोर्चामा आवद्ध दलहरुको आइतबार बसेको बैठकले प्रक्रियाको नाममा बहुमचले पेलेर संविधान बनाउने खोजे अस्वीकार गर्ने निर्णय समेत गरेको छ ।
माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकमा संघीय गणतान्त्रिक मोर्चामा आवद्ध सात पार्टी र पहिचानमा आधारित संघीय गठवन्धनमा आवद्ध ९ दलका नेताहरुको सहभागिता थियो ।
बैठकले पहिचान र संघीयताको मुद्दामा संयुक्त रुपमा अघि बढ्ने सहमति गरेको छ ।
 साथै कांग्रेस र एमालेले पहिचान पक्षधरहलाई पेलेर अघि बढ्न खोजेको भन्दै सडक आन्दोलनमा जोड दिएको छ ।  बैठकले संघर्षका कार्यक्रम बनाउने जिम्मा दुई मोर्चाको सचिवालयलाई दिइएको छ । ‘१८ गतेसम्ममा सचिवालयले कार्यक्रम बनाएपछि १९ गते संयुक्त बैठक बसेर अन्तिम रुप दिन्छौं’ शेर्पाले भनेका छन् ।

0 comments

तपाईंको प्रतिकृया