Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पिएस सम्मेलनको तयारी पुरा

बुटवल । मुलकभरका रोटयाक्टरहरुको सहभागीता रहने पिएस मिटको तयारी पुरा भएको आयोजक क्लवले जनाएका छन । 
सनिवार बुटवलमा हुने उक्त मिटमा मुलुकभरका करिव ६० रोट्याक्ट क्लवहरुको सहभागिता रहने आयोजक क्लव रोट्याक्ट क्लव अफ वुटवल डाउन टाउनका सचिव मधु भट्टराईले जानकारी दिए । पिएस मिटमा प्रेसिडेण्ट र सेक्रेटरीको अनिवार्य उपस्थिती रहने छ भने अन्य पदाधीकारीहरुको पनि सहभागीता रहने बताईएको छ । मुलुकभर करिव ९० रोटयाक्ट क्लव रहेका छन ।
डाउन टाउन सहित रोट्याक्ट क्लव अफ बुटवल , राट्याक्ट क्लव अफ बुटवल साउथ,  रोट्याक्ट क्लव अफ रुपन्देही र रोट्याक्ट क्लव अफ तिलोत्तमा देवहद गरी ५ क्लव आयोजक क्लव रहेका छन । वुटवल सुख्खानगरको एक पार्टी प्यालेसमा विहान ९ वजे देखी शुरु हुने उक्त मिडिङको तयारी पुरा भएको ति क्लवहरुले जनाएका छन ।
रोट्याक्ट क्लव अफ वुटवल डाउन टाउनका र्पु अध्यष तथा जेडआरआर वावुराम बन्जाडेले पिएस मिट वुटवलमा गर्न पाउनु जिल्ला वासीको खुसीको कुरा भएको बताए । करिव ३ सय भन्दा वढि उक्त मिटमा सहभागीहुने र भावी कार्ययोजना तय गरिने उनले जानकारी दिए । रोटरी डिस्ट्ीक ३२९२ नेपाल भुटानका  डिस्ट्ीक गभरर्नर रविन्द्र पियाको प्रमुख आतिथ्यतामा हुने उक्त पिएस मिट शुरु हुनु अघि बुटवलमा पोलियो रयाली निकालिने भएको छ । बाजागाजा तथा झाकी सहित बुटवल हस्पीटल लाईन देखी रयाली शुरु भई ग्रिलभ्याली पार्टी प्यालेसमा पुगेर समापन गरिने सचिव भट्टराईले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया