Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
स्मृतीमा अक्षय कोष स्थापना

बुटवल । रुपन्देही सैनामैना नगरपालिका ११ वैकुण्ठपुर निवासी स्वर्गिय सरस्वती पोख्रेलको स्मृतीमा उनका श्रीमान तथा छोराहरुले विद्यालयमा  अक्षय कोष स्थापना गरेका छन ।
रुपन्देहीको सैनामैना ११ भरतपुर स्थित जन कल्याण उमाविको मातहतमा रहने गरी सरस्वती पोख्रेल स्मृती अक्षयकोष स्थापना गरिएको हो । पोख्रेलको हृदयघातका कारण निधन भएको होे । उनको स्मृतीमा श्रीमान गोविन्द पोख्रेल संरक्षक रहने गरी छोराहरु मुक्तिराम पोख्रेल र काशीराम पोख्रेलले कोष स्थापना गरेको विद्यालयले जनाएको छ ।
 शुक्रवार एक कार्यक्रम विच कोषको लागी १ लाख रुपैयाको चेक विद्यालयका प्रधानाध्यापकअर्जुन पोख्रेललाई हस्तानतरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गोपाल पोख्रेलले कोषले गरिव, अशाहय विद्याथीलाई अध्ययनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कोषवाट प्राप्त व्याजवाट  विद्यालयको वार्षिकउत्सवको अवसरमा गरिव तथा असाहय विद्याथी मध्ये जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

0 comments

तपाईंको प्रतिकृया