मासुजन्य दशै वजारको तयारी पुरा
अष्ट्जिको मासुमा भारी छुट
बुटवल । मासुजन्य पशुपन्छिको सुपथ मुल्यमा खरिद विक्रि गराउने उदेश्यले आयोजन गरिएको मासुजन्य सस्तो दशैबजारको तयारी पुरा भएको छ । यस्तो मासुजन्य सस्तो दशैबजार नेपाल मै सम्भवत पहिलो पटक गर्न लागिएको हो ।
मासु व्यवसायी संघ रुपन्देहको आयोजनामा बुटवलको वालमन्दिर परिषरमा संचालन हुने उक्त मासुजन्य वजारमा सुपथ मुल्यमा जिउदो पशुपन्छिको खरिद विक्रिको व्यवस्था मिलाईएको छ । उपभोक्ता तथा व्यापारीहरुलाई एउटै थलोमा जुट्ने अवसर प्रदान गर्ने उदेश्यले मासु वजार संचालन गर्न गईरहेको संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मासुजन्य दशै वजारमा ४० वटा बन्द तथा खुल्ला स्टल वनाईएको छ । ति स्टल निशुल्क रुपमा उपलव्ध गराईएको हो ।
दशै वजारमा वदिया भाले, हिमाली च्याङग्रा चेलु, लोकल खसि वोका भेडा, लोकल कुखुरा, हास परेवा, लौकाट टर्कि, दशैको लागी वलि दिने पाठो, सानो पाडो, जिवित माछा व्राईलर कुखरा र विशेष आकर्षकको रुपमा अष्ट्जिको अरिद विक्रिको प्रवन्ध मिलाईएको उनले बताए ।
वजारमा ल्याईएको पशुपन्छिको जिल्ला पशुसेवा कार्यालय भेटेनरी चिकित्सकले चेकजाच गरेर मात्र विक्रि गरिने बताईएको छ । संघले वजार अवधी भर संघले निर्धारण गरेको मुल्यमा २० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ । मासुका परिवारहरु ससेस वोनलेस लेगफिस लगायतको फ्रोजन मासुको परिकारमा पनि २० प्रतिशत छुट गरिएको संघका महासचिव विरेन्द रानाले जानकारी दिए । मासु वजारमा वोकाको मुल्य जिउदा प्रतिकेजी ३ सय ५० देखी ३ सय ८०,खसिको मुल्य ९जिउदो०३ सय ८० देखी ४ सय २० सम्म, लोकल कुखुरा प्रतिकेजी ६ सय २०, च्याङग्रा जिउदो प्रतिगोटा २५ हजार, च्याङग्राको मासु प्रतिकेजी १२ सय रुपैया कायम गरिएको आयोजकले जानकारी दिएका छन ।
अष्ट्जिको मासुमा भारी छुट
अष्ट्जि नेपाल प्रालिले दशैको अवसरमा अष्ट्जि मासुको मुल्यमा भारी छुट दिने भएको छ । सवैलाई अष्ट्जिको मासुको स्वाद चखाउने उदेश्यले दशैको अवसरमा भारी छुट गर्न लागेको हो । काठमाडौको स्टारलेवलको होटलमामा खपत हुदै आएको अष्ट्जिको मासु सर्वसाधारणलाई सुपथ मुल्यमा उपलव्ध गराउन अष्ट्जि नेपाल प्रालिले प्रालिले प्रतिकेजी ५ सय देखी १ हजार रुपैया सम्म छुट दिन लागेको हो ।
दशैमा अष्ट्जिको मासुको स्वाद चखाउन निकै सस्तो मुल्यमा मासु उपलव्ध गराउन लागेको प्रालिका अध्यक्ष सिपि शर्माले जानकारी दिए । अष्ट्जिको मासु स्वास्थ्यको लागी निकै उपयोगी मानिन्छ ,। अष्ट्जिको मासुमा कोलोस्टर शुन्य हुने भएकाले मुटुरोगी,सुगरका विरामी लगायत सवै खालका रोगीहरुले खान मिल्ने उकमात्र विश्वकै स्वादिलो मासु भएको शर्मा बताउछन ।
अष्ट्जिको मासु विहिवारदेखी वुटवलमा शुरु हुन लागेको मासु जन्य सस्तो दशैवजारमा उपलव्ध रहेको प्रालिले जनाएको छ । सामान्यतया फुटकर मुल्य प्रतिकेजी २ हजार रुपैया रहेकोमा दशैको अवसरमा वोनरहितको प्रतिकेजी १ हजार ५ सय रुपैया वोन सहितको १ हजार रुपैया तय गरिएको उनले जानकारी दिए । दशै वजारमा अष्ट्जिको मासुको स्वाद निशुल्क चखाईने व्यवस्था गरिएको छ ।

0 comments
तपाईंको प्रतिकृया