पिडिएले उर्जा विकासमा योगदान पु¥याउछ : मन्त्रि ज्ञवाली
बुटवल । उर्जा मन्त्री राधा ज्ञवालीले हालै माथिल्लो कर्णालीको लागि भारतसंग गरिएको परियोजना विकास सम्झौता (पिडीए)ले नेपालको उर्जा क्षेत्रको विकासको लागि महत्पूर्ण योगदान पु¥याउने बताएकी हुन् ।
विजया दशमी शुभदीपावली तथा छट पर्वको अवसरमा प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले पिडिए नेपालीकै पक्षमा भएको बताएकी हुन । उनले भनिन्–‘नेपाललाई ३ बर्ष भित्र लोडसेडिङ्गबाट मुक्त गराउनको लागि नेपालमा पिडिए, पिटीए गर्नु आवश्यक रहेको छ ।’
उनले नेपालमा अझै ठुल–ठुला परियोजनाहरुको पिडीए र पिटीए गर्नुपर्ने आवश्यकता समेत औल्याईन् । मन्त्री ज्ञवालीले माथिल्लो कर्णाली जस्तै पञ्चेश्वर परियोजना समेत अगाडी बढाउनु ढिला भएको बताइन । अहिले सम्म नेपालको ग्रामिण विद्युतीकरणमा सरकारबाट बजेट विनियोजन नभएको समयमा आफु मन्त्री भएपछि ग्रामिण विद्युती करणको लागि यथेष्ट मात्रामा बजेट विनियोजन गरिएको बताएकी थिईन् ।
रुपन्देही जिल्लाका ७ वटै निर्वाचन क्षेत्रका सबै स्थानहरुमा विद्युतीकरण गर्ने भन्दै टान्र्सफर खरिदको लागि विलम्ब हुने भएको करण थप लोडसेर्डिङ्ग भएकोमा यसमा आफु गम्भिर भएको भन्दै टान्र्सर्फमर खदि कार्य भएकोले समस्या टर्ने बताएकी थिईन् ।
अहिले पनि नेपाल सातामा ५७ घण्टा लोडसेर्डिङ्गको मारमा रहेको भन्दै मन्त्री ज्ञवालीले सुनकोशीमा आएको पहिरो र मध्यपश्चिमा आएको बाढिको कारणले गर्दा थप लोडसेर्डिङ्गको मारमा परेको बताएकी थिईन् । विद्युतको विकासको लागि आफ्नो कार्यकालमा कुनै पनि कसुर बाँकी नराख्ने मन्त्री ज्ञवालीको भनाईरहेको थियो ।
प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष प्रदिप आचार्यको अध्यक्षतामा स्वागत प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल ईन्चार्ज भरत केसीको स्वागत तथा विपि गौतमको संचालनमा कार्यक्रम भएको थियो ।


0 comments
तपाईंको प्रतिकृया