Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
शेरबहादुर र रामचन्द्रले सहयोग गरेनन: कोईराला

 काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले शेरबहादुर देउवा र रामचन्द्र पौडेलबाट सरकार तथा पार्टी सञ्चालनमा असहयोग भएको आरोप लगाएका छन् ।
कांग्रेस संसदीय दलको सोमवारको बैठकमा आक्रोशित मुद्रामा प्रस्तुत भएका कोइरालाले पार्टी र सरकार सन्चालनमा आफूलाई असहयोग भएको बताएका हुन् । कोइरालाको भनाइ उधृत गर्दै कांग्रेसका एक सभासदले भने शेरवहादुरजी ग्रुपिजम नगर्नुस्, पार्टीलाई एकढिक्का बनाउन मैले जे त्याग गर्नुपरे पनि गर्छु भनेकै छु । वीपी बिचार यात्रा गर्दा पनि मलाई जानकारी दिइएन ।’
बीपी विचार पदयात्रा रामचन्द्र पौडेल नेतृत्वको नीति तथा प्रशिक्षण समितिले आयोजना गरेको थियो । त्यस्तै देउवाले कांग्रेसका विद्रोही वकिलको भेला उद्घाटन गरेकोमा कोइराला रुष्ट भएका थिए । ‘म निर्वाचित सभापति र निर्वाचित प्रधानमन्त्री हो, मलाई काम गर्न दिनुस्, ग्रुपिजम नगरौं’ कोइरालाको भनाइ थियो । बैठकको शुरुमै आफ्नो भनाइ राखेर अन्त काम छ भन्दै कोइराला हिँडेपछि केही सभासदले होहल्ला गरे ।
देउवाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आफूले कोइरालालाई पूर्ण रुपमा सहयोग गरेको बताए ।  बैठकमा उपसभापति रामचन्द्र पौडेलले संवैधानिक राजनीतिक संवाद समितिमा भएका सहमतिका बारेमा जानकारी गराएका थिए ।

0 comments

तपाईंको प्रतिकृया