Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौं । उच्चमाध्यमिक शिक्षा परिषदले आइतबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।  विज्ञान संकायको परीक्षाफल भने यसअघि नै प्रकाशित भइरहेको छ ।
परीक्षामा नियमिततर्फ ३९ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । १ लाख ९१ हृजार ४९६ विद्यार्थीले परीक्षा दिएकोमा ७४ हजार ७६४ उत्तिर्ण भएका छन् । आशिंकतर्फ ३० प्रतिशत अर्थात ४० हजार ८२९ पास भएका छन् । परीक्षामा आशिंकतर्फ १ लाख ३६ हजार १५५ सहभागी थिए । 
नियमिततर्फ ९९ जनाको परीक्षा रद्द भएको छ भने २२ जनाको स्थगित गरिएको छ । परीक्षाफल उच्चमाध्यमिक शिक्षा परिषदको वेबसाइट hseb.edu.np र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिन्छ ।

0 comments

तपाईंको प्रतिकृया