Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पत्रकार र चिकित्सक सम्मानित

बुटवल । नेपाल औषधी व्यवसायी संघ अञ्चल शाखा लुम्विनीले पत्रकार तथा चिकित्सकलाई सम्मान गरेको छ ।
पत्रकारिताको माध्ययमबाट स्वाथ्य क्षेत्रमा योगदान पु¥याएको भन्दै रेडियो लुम्विनीका स्टेशन म्यानेजर ईन्दिरा अर्याल र हेल्थ न्युज पाक्षिक पत्रिकाका सम्पादक तथा प्रकाशन रामराज पोखरेललाई सम्मान गरेको हो । त्यसै गरी संघले लुम्बिनी अञ्चल अस्पताल बुटवलका डा. प्रकाश बुढाथोकीलार्ई सम्मान गरेको हो । उनिहरुलाई नगद जनही १५/१५ हजार रुपैया सहित सम्मान गरिएको हो ।  
एमाले उप महासचिव तथा पुर्व मन्त्री विष्णु पौडेल, नेपाल औषधी व्यवसायी संघ लुम्बिनीका अध्यक्ष शुनिल श्रेष्ठ, संघका कन्द्रीय अध्यक्ष  बाबुराम भट्राईले संयुक्त रुपमा सम्मान गरेका हुन ।  सो अवसरमा नेता पौडेलले स्वाथ्य क्षेत्र अत्यान्तै संम्बेदनशिल क्षेत्र भएको भन्दै औषधी व्यापारीहरु यसमा अझ संबेदनशिल हुनुपर्ने बताए   ।

0 comments

तपाईंको प्रतिकृया