इन्टर स्पोर्टस सेमिफाइनलमा
बुटवल । बुटवलको रामनगरस्थित मानवज्ञान उच्चमावीको खेलमैदानमा स्वाभीमान युवा समाज रुपन्देहीले आयोजना गरेको दोस्रो विपी कोइराला गोल्डकप फुटवल प्रतियोगीतामा रुपन्देहीको इन्टर स्पोर्टस क्लव सेमीफाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सिमित इन्टरका मनोज गुरुङले अतिरिक्त समयको अन्त्यमा पुकार गहतराजको आकर्षक पासमा सिधै जाली चुमाएपछी इन्टरको जीत सुनिश्चित भएको थियो ।
आज विहान भएको दोसा्रे हाफको खेलमा इन्टरले रुपन्देहीकै सुनौलो संगमलाइ १ शुन्यले पराजीत गरेको थियो । हिजो भएको उद्घाटन खेलमा पानी परेपछि पहिलो हाफमात्र खेलाइएको थियो भने दुवै टिम एक एक गोलको वरावरीमा रहेका थिए । विहान खेलाइएको दोसा्रे हाफमा पनि दुवै टिम वरावरीमा रोकिएपछी खेल अतिरिक्त समयमा धकेलीएको थियो ।
त्यसैगरी आज वुधवार नै दोस्रो खेलमा दिउसो ४ वजे खनाल ब्रोर्दस फर्साटिकर र सिम्रिक युवा क्लव कालीकानगरका विचमा खेल हुने प्रचारप्रसार संयोजक रमेश शाहीले जानकारी दिए । काठमाण्डौका ४ र रुपन्देहीका ४ टिमको सहभागिता रहेको छ । प्रतियोगीताको विजेताले १ लाख ५५ हजार पाउने छन ।

0 comments
तपाईंको प्रतिकृया