सहकारीको मुनाफा एक करोड बढी
बुटवल । रुपन्देहीको कोटीहवामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष ०७०र०७१ मा एक करोड बढी मुनाफा आर्जन गर्न सफल भएको छ ।
संस्थाले आ.ब ०७०।०७१ मा कुल ३५ करोड ३१ लाख ७३ हजार ५ सय ३४ रुपैंया ऋण लगानी, २८ करोड ६८ लाख ५१ हजार ६ सय ८८ रुपैयां असुली तथा ४७ करोड २८ लाख ६४ हजार १ सय ६७ रुपैयां बचत गरि १ करोड १ लाख ४७ हजार ३३ रुपैयां खुद मुनाफा आर्जन गर्न सफल भएको हो ।
संस्थाको शनिबार कोटीहवा स्थित पशुपति कलेजको प्रागंणमा सम्पन्न ९ औं बार्षिक साधारण सभाको अवसरमा सो जानकारी गराईएको हो । सभाले संस्थालाई अन्र्तराष्टिय स्तरको सहकारीको रुपमा बिकास गर्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि नेफस्कून मार्फत् अन्र्तराष्टिय सहकारी ब्राण्ड– एक्सेस ब्राण्डमा जाने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।
यस्तै ऋण लगानीमा रहेको साबिकको ब्याजदर घटाउने, शेयर सदस्य बृद्धि गर्ने, बचत बृद्धि गर्ने , एकल महिलालाई सम्मान गर्ने, युवाका लागी लागु औषध दुब्र्यसनी सचेतना कार्यक्रम सञ्चालन लगायतका रचनात्मक कार्यक्रमहरु गर्ने सभाले निर्णय गरेको छ ।
अध्यक्ष मेखराज पुनले कुल ८४ करोड २२ लाख ६१ हजार ७ सय ४९ रुपैयां बराबरको बार्षिक आय ब्यय प्रस्तुत गरेका थिए । यस्तै आगामी आ।ब। ०७१र०७२ का लागी ५ करोड ४१ लाख ४९ हजार ९ सय २४ रुपैयां बराबरको आम्दानी तथा ४ करोड ३६ लाख ३ हजार १ सय १४ रुपैयां खर्च गरि कुल १ करोड ५ लाख ४६ हजार ८ सय १० रुपैयां खुद मुनाफा आर्जन गर्ने लक्ष्य सहितको अनुमानित बजेट तथा कार्यक्रम समेत पारित गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया