एमाओवादी नेता बोगटीको स्वास्थ्य अवस्था गम्भीर
काठमाडौं । एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्यमा केही सुधार आएपछि अवस्था गम्भिर रहेको बताईएको छ ।
उनी हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन । उपचाररत चिकित्सकहरुसँग छलफल गर्न एमाओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठ, कृष्णबहादुरमहरा लगायतका नेताहरु नर्भिक अस्पतालमा पुगेका छन ।
उनको स्वास्थ्यमा खासै सुधार हुन नसकेपछि शीर्ष नेताहरुले बोगटीको थप उपचारबारे चिकित्सकहरुसँग छलफल गर्ने बताइएको छ । बोगटीको उपचार हृदयरोग विशेषज्ञ डा यादवदेश भट्ट र मष्तिष्क रोग विशेषज्ञ डा पंकज जलान नेतृत्वको टोलीले गर्दै आएको छ । स्रोतका अनुसार बोगटीको हृदयघातको अवस्था सुधार हुँदै आएपनि मष्तिष्कघातले गर्दा अवस्था अझैं गम्भीर छ । उनको केहि होस खुलेपनि अहिलेसम्म बोल्न सक्ने अवस्थामा छैनन् ।
बोगटीको बाँया भागको मष्तिष्कमा पुरै रगत जमेका कारण एकपट्टिको भागका सम्पूर्ण अंग प्यारालाइसिस अवस्थामा पुगेको बताइएको छ ।विहीबार राती हृदयघात भएपनि उनलाई परिवारले बाँसबारीस्थित सहित गंगाला हृदय रोग केन्द्र पुगेका थिए ।मष्तिष्कघातकै उपचारका लागि चिकित्सकहरुको सल्लाहमा उनलाई शुक्रबार अपरान्ह नर्भिक लगिएको थियो ।

0 comments
तपाईंको प्रतिकृया