Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
शान्ति सुरक्षा कायम राख्ने प्रतिबद्धता

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपि राजेन्द्र ढकालले जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रहरी सधैव तयार रहेको जनाएका छन् ।
बुधवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले राखेको राजनितिक दलसंगको भेटघाट कार्यक्रममा एसपि ढकालले आफु तस्कर तथा अपराधी कृयाक्लाव अन्त्य गर्नमा र सिमा क्षेत्रमा हुने लागुऔषध नियन्त्रणमा लागीरहेको जानाकारी राजनितिक दलका नेलाहरुलाई दिएका छन् ।
भेटघाट कार्यक्रममा राजनितिक दलका नेताहरुले पनि तस्कर र अपराधि गतिबिधि अन्त्य गर्दै जनताका पक्षमा काम गर्न एसपि ढकाललाई सुझाव दिएका थिए ।लागुऔषधका कारण हजारौ युवाहरुको जिन्दगी बर्बाद भएकाले यसको रोकथाम गर्न प्रहरी लाग्नु पर्ने एमालेका जिल्ला अध्यक्ष भोज प्रसाद श्रेष्ठले अनुरोध गरे ।
काग्रेशका जिल्ला सदस्य बिशेस्वर प्रसाद बस्यालले जनताले ढुक्क साथ आफ्नो व्यापार व्यवसायी सञ्चालन गर्न र जिल्लामा शान्तिसुरक्षा कायम रहेको महशुस हुने किसिमले काम गर्न एसपि ढकाललाई सुझाब दिए । तस्कर र अपराधी कृयाकलाव प्रहरीको प्रश्रय बिना हुन नसक्ने भन्दै एमाओवादीका जिल्ला अध्यक्ष बामदेश क्षेत्रीले यस्ता गतिबिधि अन्त्यका लागी प्रहरीले जनताको साथमा रहेर काम गर्न पर्ने बताए । नेकपा माओवादीका जिल्ला संयोजक बसन्त श्रेष्ठ, सदभावना आन्नदी देबिका जिल्ला अध्यक्ष आन्नद गुप्ता ,मधेसी जनधिकार फोरम नेपालका  जिल्ला अध्यक्ष महेन्द्र यादव लगाएका डेढ दर्जन राजनितिक दलका नेताहरुको उपस्थित रहेको भेटघाट कार्यक्रममा अधिकांशले शान्ति सुरक्षा कायम हुनुपर्ने तथा तस्कर र लागुऔषध ओसार पसारमा नियन्तत्रण गर्न प्रहरीलाई सुझाव दिएका थिए ।

0 comments

तपाईंको प्रतिकृया