Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रोटयाक्ट क्लवको सम्मेलन समापन

बुटवल । रोट्याक्ट क्लवहरुको पिएस मिट वुटवलमा सम्पन्न भएको छ । सनिवार मुलुकभरका करिव ६० भन्दा वढि डिष्ट्ीक ३२९२ नेपाल भुटान अन्तरगतका रोट्याक्ट क्लवहरुको सहभागितामा अध्यक्ष तथा सचिवको सम्मेलन भएको थियो ।
रोटयाक्ट क्लव अफ वुटवल डाउन टाउन, रोटयाक्ट क्लव अफ वुटवल, रोटयाक्ट क्लव अफ साउथ, रोटयाक्ट क्लव अफ रुपन्देही र देवदह तिलोत्तमाको आयोजनामा सम्मेलन भएको थियो ।
सम्मेलनले नेपालवाट पोलियो उन्मुलनको लागी ठोस कार्यक्रम वनाउने निर्णय गरेको छ । देशै भरीका क्लवहरुले आफ्ना गतिविधीलाई समाजिकरण गर्न कसरी सकिन्छ भन्ने विषयमा पनि छलफल गरेका थिए ।  सम्मेलनको उद्घाटन रोटरी क्लव डिष्टीक ३२९२ नेपाल भुटानको गभर्रनर रविन्द्र पियाले गरेका थिए । सो अवसरमा उनले पिस कन्फेन्स लुम्विनीमा हुन लागेकाले यसको सफलतासंग रोट्याक्टरहरु जोडिने बताए ।
एजी राजेन्द्र ध्वजुले क्लवले युवा दुव्र्यशनीहरको न्युनिकरणमा महत्वपुर्ण भुमिका खेलेको बताउदै रोटरी र रोटयाक्टर संगसंगै अघि वढ्नु पर्नेमा जोड दिए   ।
रोटयाक्ट क्लव अफ वुटवलका अध्यक्ष यादव भण्डारीको अध्यक्षता, रोट्याक्ट क्लव अफ बुटवल डाउन टाउनका सचिव मधु भट्टराईको संचालनमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दिलिप रायमाझी, डिआरआर अमित वज्राचार्य, जेड आर आर वावुराम वन्जाडे, रुपन्देही उद्योग संघका अध्यक्ष वोनिन पिया, पुर्व अध्यक्ष  एजाज आलम,  रुपन्देही उद्योग संघका अध्यक्ष श्रीकृष्ण पोख्रेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पिएस मिट शुरु हुन अघि वाजागाजा सहित बुटवलको अस्पताल लाईनबाट रयाली निकालिएको थियो ।

0 comments

तपाईंको प्रतिकृया