यसरी बचाउन सकिन्छ मुटु
बुटवल । के तपाई धुमपान गर्नु हुन्छ ? यदी गर्नु हुन्छ भने तपाईलाई फोक्सो घाटी तथा स्वाशनलीमा मात्र होईन मुटुमा पनि समस्या देखिन सक्छ ।
चिकित्सकहरुले धुमपानको सेवन गर्नेहरुमा २५ प्रतिशत भन्दा वढि मुटुरोगी भेटिने गरेको बताएका छन । धुमपान तथा सुर्तिजन्य पदार्थले छातिको मात्र होईन मुटुलाई पनि असर गर्छ ।’मुटुरोग विशेषज्ञ डा समिर गौतम भन्छन– मुटुलाई वचाउन धुमपान वाट टाढै रहनु पर्छ ।’
जसरी चुरोटको धुवाका कारण चरोट पिउने व्यक्तिका अन्य परिवारका तथा चुरोट पिईरहेका व्यक्तीको नजिक वस्नेलाई जति चुरोटको असर पर्छ त्यसरीनै मुटुलाई नै असर गर्ने उनका भनाई छ । दम तथा छाती रोग विशेषज्ञ डा. दिपेश प्रधानले छातीको रोगीलाई मुटु सम्वन्धी रोग पनि लागेको विरामी भेटिने गरेको बताउछन । चुरोट विडि गुड्खा जस्ता धुमपान तथा सुर्तिजन्य वस्ुतको प्रयोगले मुटुलाई नराम्रो असर पुराएको हुन्छ उनि भन्छन । चिकित्सकहरुले मानसिक तनाव, व्यायामको कमी, मासुको धेरै खानपान, सागसब्जी र फलफूल खाने बानीमा कमी, तयारी खाना, चिल्लो, नुन र गुलियो धेरै खानाले मुटुरोगी बढ्दै गएको जनाएका छन् । सौखिन जीवनशैली, अस्वस्थ खानपान र शारीरिक अभ्यासको अभावमा कारण मुटुरोगीको संख्या तिव्र रुपमा वढेको चिकित्सहरु वताउ“छ । उनिहरुका अनुसार कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुको रोग र उच्च रक्तचाप प्रमुख समस्या हुन ।
नियमित व्यायम नगर्दा पनि मुटुलाई असर पुगेको हुन्छ । मुटु छिटोछिटो धड्कने गरी हिड्दा मुटुलाई फाईदा हुने उनिहरुको भनाई छ । मुटोरोग विशेषज्ञ डा गौतम भन्छन – चिया खाने समयमा तपाई व्याडमिन्टन खेल्न सक्नुुहन्छ । बसेर सिरियल हेर्नु भन्दा आधा घण्टा हिड्दा फाईदा हुन्छ ।’
त्यसै गरी अस्वस्थ्य वातावरणले मुटुलाई हानी गर्छ । त्यसैले यसलाई जनचेतनाको रुपमा विश्व मुटु दिवशको नारा तय गरिएको छ ‘हर्ट हेल्दी इन्भ्याइरोमेण्ट’ अर्थात स्वस्थ्य मुटुको लागी वातावरण । विश्व मुटु दिवश शसोज १३ गते विविध कार्यक्रम गरी मनाईदै छ । नेपालमा पछिल्लो समय मुटुरोगीहरुको संख्या बढ्दै गएको छ । एक संस्थाका अनुसार नेपालमा मुटुरोगीको संख्या ४० लाख नाघेको अनुमान गरिएको छ ।
नेपालमा वर्Èेनी ४ लाख नया“ मुटु रोगीहरु थपिने गरेको स्वास्थ्यस“ग सम्वद्ध संस्थाहरुको भनाई छ । नियमित व्यायामले मुटुलाई स्वस्थ्य राख्ने चिकित्सकहरु वताउछन । हर्ट एट्याक्टवाट ज्यान गुमाउने मानिसहरुको संख्या वढ्दो छ । चिटचिट पसिना आउने मुटु दुख्ने लक्षण देखा पर्ने वित्तिकै अस्पताल पुराउन सकेमा मुटुलाई वचाउन सकिन्छ । लोमो समय सम्म छाती दुखाई वा हात खुट्टा
मुटुवाट विश्वभर वर्Èेनी १ करोड ७३ लाख बढीको मृत्यु हुने गर्छ । करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २० प्रतिशतलाई कोलेस्टेरोल, ६ प्रतिशतलाई मधुमेह र एक प्रतिशत बालबालिकालाई बाथ मुटुको रोग समस्या रहेको बताईन्छ ।
यस क्षेत्रको गौतम वुद्ध सामुदायिक मुटु अस्पताल ९ महिनाको अवधीमा ४ हजार ६ सय ५९ मुटुरोगीको उपचार गरेको जनाएको छ । सोही अवधीम दम तथा छातीका १ हजार ८७ विरामीको उपचार भएको गरिएको थियो ।

0 comments
तपाईंको प्रतिकृया