Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
गोलमेच सम्मेलन गर्न चार दल सहमत

काठमाडौं । नयाँ संविधानका मुख्य अन्तरवस्तुबारे सहमति खोज्न वैद्य माओवादीको मागअनुसार ‘राष्ट्रिय राजनीतिक सभा’ गर्न चार दल सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार  बसेको कांग्रेस, एमाले, एकीकृत नेकपा माओवादी र नेकपा(माओवादीका शीर्ष नेताहरुको बैठकमा राजनीतिक सभा गर्ने सहमति भएको हो ।
बैठकले सभाको कार्यविधि र एजेण्डा तगर्न कार्यदल बनाएको छ । कार्यदलले संविधानका अन्तरवस्तु र मोडालिटी दुबैबारे सहमति जुटाएर चार दलको बैठकमा प्रतिवेदन पेश गर्नेछ ।  कार्यदलमा कांग्रेसबाट महामन्त्री कृष्ण सिटौला र कानूनमन्त्री नरहरि आचार्य रहेका छन् । एमालेबाट उपाध्यक्ष भीम रावल र अग्नि खरेल छन् भने एमाओवादीबाट महासचिव कृष्णबहादुर महरा र खिमलाल देवकोटा कार्यदलमा छन् । नेकपा(माओवादीका तर्फबाटसचिव देव गुरुङ र प्रवक्ता पम्फा भुसाल छन् ।
‘राष्ट्रिय राजनीतिक सभा’ कहिले गर्ने भन्नेमा दलहरुबीच सहमति हुन बाँकी छ । स्रोतका अनुसार कांग्रेस र एमालेले भदौ २६ मै गर्ने प्रस्ताव गरेका थिए । तर, वैद्य माओवादीले असोज ४ गतेको प्रस्ताव गरेको थियो, जसलाई एमाओवादीले समर्थन गरेको थियो ।
सभाको मितिबारे शुक्रबार बस्ने चार दलका शीर्ष नेताहरुको बैठकले टुङ्गो लगाउने बताइएको छ ।
राजनीतिक सभाको मितिका विषयमा चार दलवीच बालुवाटारमा करिब एक घण्टा विवाद चर्किएको बैठकमा सहभागी एक नेताले बताए । कांग्रेस र एमालेले भदौभित्रै सम्मेलन गर्ने प्रस्तावमा जोड दिएका थिए ।

0 comments

तपाईंको प्रतिकृया