Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नेता पन्थीद्धारा लिखित पुस्तकको परिचर्चा

बुटवल । नेकपा एमालेका नेता नेत्र पन्थीद्धारा लिखित ‘पुष्पलाल ः जीवन, कृतित्व र शिक्षा’ पुस्तकको सोमबार बुटवलमा परिचर्चा गरिएको छ । प्रेस चौतारी नेपाल, रुपन्देहीले परिचर्चा कार्यक्रम आयोजना गरेको हो । 
कार्यक्रममा विभिन्न वाम बुद्धिजीवी तथा लेखकहरुले पुस्तकको समीक्षा गरेका थिए । उनीहरुले कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई बुझ्न पुस्तक उपयोगी रहेको बताएका थिए । पुस्तकमा पुष्पलालको जीवनलाई तथ्यपूर्ण रुपमा उतारिएको उनीहरुको भनाइ छ ।

कार्यक्रममा वाम बुद्धिजीवी गोपीरमण उपाध्याय, झपेन्द्र जिसी, डा. माधव पन्थी, डा. रामचन्द्र आचार्य, दिल साहनी, तेजप्रसाद कंडेल, अर्जुन ज्ञवाली, आरसी चापागाईलगायतले पुस्तकको समीक्षा गरेका थिए । समीक्षकहरुले नेपाली कम्युनिष्ट आन्दोलनलाई बुझ्न पुस्तक पढ्नु पर्नेमा जोड दिएका थिए । जुनसुकै कम्युनिष्ट पार्टीका कार्यकर्ताले पनि यो पुस्तक पढेर नेपाली कम्युनिष्ट आन्दोलनका बारेमा जानकारी लिन सकिने समीक्षकहरुले बताए ।  
सो अवसरमा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल संयोजक छविलाल विश्वकर्माले पुष्पलालका सन्दर्भमा धेरै पुस्तक नभएको बेला आएको यो पुस्तक आफैमा महत्वपूर्ण रहेको बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई बुझ्न यो पुस्तक सबैलाई पढ्न आग्रह गरे । पुस्तकका लेखक नेत्र पन्थीले प्राप्त सल्लाह तथा सुझावका आधारमा पुस्तकको नया“ संस्करण निकाल्ने बताए । कार्यक्रम प्रेस चौतारीका उपाध्यक्ष लक्ष्मण पौडेलको अध्यक्ष्ँता तथा सचिव बीपी गौतमको सञ्चालनमा भएको हो ।

0 comments

तपाईंको प्रतिकृया