तिनदिन देखी वेपत्ता श्रेष्ठ मृत फेला
बुटवल । तिनदिनदेखी वेपत्ता ब्यवसायी दिनेश प्रसाद श्रेष्ठ मंगलवार मृत फेला परेका छन । भदौ १५ गते राती बुटवलको एक होटलबाट पार्टीमा सहभागी भई निस्किएका श्रेष्ठको शव रुपन्देहीको तिलात्तमा नगरपालिकाको मौवाबारीमा कुलामा फेला परेको हो ।
नहरमा शव भेटिएपनि पेटमा पानी नदेखिएको, घाटी भाचिएको र टाउकोमा चोट लागेको देखिएकाले श्रेष्ठको हत्या भएकोमा कुनै शंका नभएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनु भयो ।श्रेष्ठको शवको लुम्विनी अञ्चल अस्पतालमा पोष्टमार्टम गरीएको छ ।
नहरमा शव भेटिएपनि पेटमा पानी नदेखिएको, घाटी भाचिएको र टाउकोमा चोट लागेको देखिएकाले श्रेष्ठको हत्या भएकोमा कुनै शंका नभएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनु भयो ।श्रेष्ठको शवको लुम्विनी अञ्चल अस्पतालमा पोष्टमार्टम गरीएको छ ।
पोष्टमार्टमको रिपोर्ट आउन ३ दिन लाग्ने भएपनि घाटी घाचिएको र चोट रहेकाले हत्या भएको आशंका गरीएको इलाका प्रहरी कार्यालय बुटवलले पनि बताएको छ । यसैबिच बुटवल उद्योग बाणिज्य संघको आज मंगलवार संघमा बसेको व्यवसायी सहितको कार्यसमितिको आकस्मिक बैठकले हत्यामा संलग्नहरुलाई तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन प्रशासनसंग माग गरेको छ । बैठकले समयमा नै संघ तथा श्रेष्ठ परिवारले प्रहरीलाई जानकारी गराउदा गराउदै पनि व्यापक प्रहरी परिचालन गरी अनुसन्धान नगर्दा हत्या भएको निश्कर्ष निकाल्दै प्रहरी प्रशासनको घटनामा कमजोरी भएको ठहर गरेको छ । साथै व्यवसायीहरुको ब्यापक दवाब पछी संघको बैठकले हत्याको बिरोधमा आज मंगलबार अपरान्हदेखि केही घण्टाका लागि सांकेतिक बुटवल बजारका पसल बन्द गर्ने निणर्य गरेको छ ।
संघले आजै मंगलवार उपप्रधानमन्त्रि प्रकाशमान सिंहसंग भेट गरी हत्यारलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष महेशमान सिंह, महासचिव अनिल श्रेष्ठ सहितको टोलीले भेट गरी बुटवलमा सुरक्षा व्यवस्था सुदृढ बनाउन र अपराधिक घटना हुन नदिन इलाका प्रहरी कार्यालयको स्तरोन्नति गर्न माग गरेको छ । उपप्रधानमन्त्रि सिंहले ज्ञापन पत्र बुझदै सरकार हरेक नेपालीको सुरक्षका लागि प्रतिबद्ध रहेको र व्यवसायीहरुको सुरक्षामा अझ बढी सम्बेदनसिल भएको उल्लेख गर्दै घटनामा सम्लनहरुलाई कानुनी दायरामा ल्याउने आश्वासन दिए ।

0 comments
तपाईंको प्रतिकृया