आस्था लागु औषध उपचार तथा पुनस्थापना केन्द्रका संचालक पक्राउ
बुटवल । इलाका प्रहरी कार्यालय पिपरा कपिलबस्तुले पिपरा गाविस वैरियास्ति आस्था लागु औषध उपचार तथा पुनस्थापना केन्द्रका सञ्चालक इन्चार्ज सुजन सेन र केशव पुनलाई केन्द्रमा रहेका एक युवकको मृत्युको विषयमा छानविन गर्न सोधपुछका लागि पक्राउ गरि थुनामा राखेको छ ।
केन्द्रमा राखिएका बुटवल नगरपालिका १५ निवासी बर्ष ३१ का रामप्रसाद भट्टराईको मृत्युको घटनामा उनका परिवारजनले हत्या भएको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले विहीवार ती २ जनालाई पक्राउ गरेको हो । विहीवार विहान मृतक भट्टराईका आफन्तजनहरुले पिपरा चौकीमा धर्ना तथा नाराजुलुश गरेपछि प्रहरी उनीहरुलाई केन्द्रबाट पक्राउ गरि आवश्यक कारवाही प्रक्रिया सुरु गरेको हो ।
प्रहरीमा मृतक दाजु विष्णु भट्टराईका तर्फबाट केन्द्र र केन्द्र सञ्चालन एवं कर्मचारीहरु विरुद्ध किटानी जाहेरी दर्ता गराउनु भएको हो । जाहेरीमा कर्तव्य ज्यान गरी मारेको उल्लेख गर्दै भाद्र २२ गते केन्द्रमा आफ्ना भाईलाई सुधारको लागि भर्ना गरेको अवस्थामा कुटपिट गरि मारेको उल्लेख गरिएको छ । मृतकलाई केन्द्रका सञ्चालकको निर्देशनमा कर्मचारीहरुले पलाष्टिकको डोरीले बाधेर फलामको रड तथा लठ्ठीले हानी वेहोस बनाएको र त्यसबाट उनको मृत्यु भएको दावी गरिएको छ । भट्टराईको मृत्यु भएपनि आफु जोगिनका लागि विरामी भएको भनी फोन गरि बोलाएको तर त्यस वेला सम्म घाइतेको मृत्यु भई सकेको बताइएको छ ।
कुटपिटबाट मृत्यु भएपछि उपचारका लागि भन्दै पिपरा स्वाश्थ्य चौकिमा लगिएको तर उसमा स्वाश्थ्य चौकिमा पुराउनु अगाडी नै मृत्यु भएको स्वाश्थ्यकर्मीहरुले बताएका थिए । त्यसपछि प्रहरीले सामान्य मुचुल्का गरि लाशलाई आफ्न्त जनलाई हेर्न दिई बुटवल पोस्टमार्टमका लागि पठाएको दाजु विष्णु भट्टराईको भनाई छ । मृतकको टाउकोमा, हातमा, खुट्टामा, ढाड तथा छातीमा गम्भिर चोट रहेको छ ।
विहिवार प्रहरीमा जाहेरी दर्ता गर्न गएका आफ्त जनहरुको निवेदन ४ घण्टापछि मात्र प्रहरीले दर्ता गरेको थियो । चौकीमा इन्ष्पेक्टर नभएको भन्दै उजुरी दर्ता गर्न नमाने पछि चौकिमा नारावाजी गरिएको थियो । आफ्न्त जनहरुले केन्द्रका सञ्चालकलाई पक्राउ गरि थुनामा नराखेर कारवाहीको प्रक्रिया अगाडी नबढाए चक्काजाम गर्ने चेतावनी दिएपछि मात्र प्रहरीले २ जनालाई पक्राउ गरि निवेदन दर्ता गरेको थियो । वैरियास्थित सो केन्द्रमा हाल १३ जना विभिन्न लागु पदार्थ सेवनकर्ताहरुको उपचार भैरहेको छ । मृतक भट्टराईलाई उसको परिवारले मादकपदार्थ सेवन गरेको भन्दै छुटाउन पठाएका थिए ।

तर गत भाद्र २२ गते केन्द्रमा पठाइएका भट्टराईलाई उपचारको नाममा कुटपिट गरि मार्ने काम भएको त्यहाका प्रकृतिले बताएको छ । स्थानिय छिमेकीहरु केन्द्रका बारेमा खुलेर बोल्न चाहादैनन । केही स्थानिय गुण्डा स्वभावका व्यक्तिहरुको समुहले संरक्षण गर्ने गरेको बताइन्छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत वैरियाबाट करिव ५ सय मिटर उत्तर एकतले ५ कोठे भवन भाडामा लिएर विगत ५ बर्षदेखि सो केन्द्र सञ्चालन गरिदै आएको छ । केन्द्रका मुख्य सञ्चालकहरु सो ठाउमा नबस्ने र सुधारका लागि काम गर्ने व्यक्तिहरु स्वयम लागुपदार्थ सेवनकर्ताहरु समेत रहेका कारण रातिमा नया केटाहरुलाई कुटपिट गर्ने गरिएको भनाई छ । मृतक भट्टराईको शव लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ । शवको विहीवार पोष्टमार्टम गर्ने भनिएको भएपनि शव फरेन्स परिक्षण गर्नु पर्ने भएका कारण काठमाडौ लैजानु पर्ने माग आफ्न्तले गरेका छन् ।

0 comments
तपाईंको प्रतिकृया